गर्लफ्रेन्डका का”रण,ह,त्या,अनुस”न्धान जारि

भक्तपुर( भक्तपुर नगरपालिका(१ स्थित दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने काम गर्ने भारत उत्तर प्रदेश जयंतिपुर रोड अलि मस्जित मुरादावाद घर भएका ३५ वर्षीय शाहिव हुसैनको ह’त्या गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले प”क्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका(१ स्थित इन्द्रायणी धातु उद्योगमा काम गरी बस्ने भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भएका १९ वर्षीय सानु अन्सारी र भक्तपुरस्थित दुवाल मेटल कारखानामा काम गरी बस्ने भारत उत्तर प्रदेश मुरादाबाद मोहलपुर घर भएका २३ वर्षीय सलमान खान रहेका छन् । भक्तपुर नगरपालिका(२ इँटापाकोको प्लानिङस्थित नरकटघारी खोल्सामा आइतबार बिहान हुसैन मृ”त अवस्थामा फेला परेको घट”नाको अनुस”न्धान गर्ने क्रममा महानगरीय अप”राध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले घट”नामा संलग्न उनीहरूलाई पक्रा”उ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा शनिबार ३ जना सँगै बसेर मा”दक पदार्थ से”वन गरेको र कारखाना फर्कने क्रममा उक्त नरकट घारीमा पुगेपछि सानु अन्सारीको गर्लफ्रेन्डको विषयमा शाहिव हुसैनसँग भएको विवादमा अनुचित शब्दहरू बोलेको विषयमा झग”डा हुँदा हुसैनलाई दुवै जनाले ढुङगा प्रहार गरी ह’त्या गरेको खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।

Leave a Reply