कोरोनाको लक्षण देखिएपछि ३ दिनदेखि आइसोलेसनमा रहेका बिरामीको मृ;त्यु

कपिलवस्तु – कपिलवस्तु अस्पतालको आइसो’लेसन वार्डमा रहेका एक बिरामीको सोमबार राती मृ:त्यु भएको छ । मृ:त्यु हुनेमा विजयनगर गाउँपालिका वडा नं। २ का ३० वर्षीय गोवर्धन भर रहेको अस्पतालले जनाएको छ । मृ’त’क भरलाई कोरोना भाइ’रसको ल’क्षण देखिएपछि ३ दिनदेखि आइसो’लेसन वार्डमा राखी उ’पचार गरिँदै आएको थियो ।

मृ’त’क भर क्षय’रोगको बिरा’मीसमेत थिए । क्षय’रोगको लामो बिरामी, निमोनिया र फोक्सोमा स’मस्याका कारण उनको मृ:त्यु भएको अस्पतालले जनाएको छ । उनको स्वाब परीक्षणका लागि पठाइएको रिर्पोटमा कोरोना भाइ’रस नेगेटिभ रहेको अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डा। किशोर बन्जाडेले बताए ।

मृ’त’क भरले विगत ३-४ वर्षदेखि क्षय’रोगको औषधि सेवन गर्दै आएका थिए ।

पटक-पटक बि’रामी हुने गरेका भरलाई पछिल्लो पटक अधिक ज्वरो आएपछि बहादुरगंज स्थित शिवराज अस्पतालमा उप’चार गरी थप उचारका लागि चन्द्रौटा स्थित निजी स्वास्थ्य संस्थामा लगिएको थियो । चन्द्रौटामा भरलाई अधिक ज्वरोसहित कोरोना भाइ’रस सं’क्रम’णको लक्षण देखिएपछि कपिलवस्तु अस्पतालको आइसो’लेसन वार्डमा राखी उप’चार थालिएको थियो । आइसोलेसन वार्डमा उप’चारकै क्रममा उनको मृ:त्यु भयो ।

मृ’त’कको परिवारको आर्थिक अवस्था निकै क’मजोर छ । परिवारमा काज’क्रिया गर्ने सम्मको पैसा नभएको मृ’त’क भरकी पत्नी चम्पा भरले बताइन् । मृ’त’क भरको शवलाई घरसम्म पुर्‍याउनका लागि एम्बुलेन्स वा शव वाहनको भाडासम्म तिर्ने पैसा नभएपछि आफन्तजनले गाउँकै एक टेम्पु खोजेर शव घरसम्म पुर्‍याएका छन् । आफूसँग भएको ४-५ हजार रुपैयाँ श्रीमान्को औषधी उप’चारमै सकियो, मृ’त’क भरकी पत्नी चम्पाले भनिन्, ‘पतिको मृत्यु भइहाल्यो अब काज क्रिया कसरी गर्ने ? परिवार कसरी पाल्ने ? त्यो मेरो लागि ठूलो समस्या भयो ।

Leave a Reply