लोकपृय मोडल सनम कठायतको यसपालिको दशैँको टिका”सृजनशिल बाल सेवा आश्रम”मा(तस्बिर)सहित

काठमाडौं- यो वर्षको बडा दशैमा विश्व महामारीको रूपमा फैलिएको कोरोनाका कारण खासै रौनक देखिएन । बिगतका दशैहरु भन्दा पृथक माहोलको दशैको संज्ञा दिइएको यो दशैमा हाम्रा कलाकारहरुले आ-आफ्नै तरिकाले टीका लगाएर मनाएका छ्न । समाजिक संजाल फेसबुकमा सार्वजनिक गरिएका तस्वीरहरु देख्दा प्रसिद्ध मोडल सनम कठायतको दशै अरुको भन्दा अलि विशेष र पृथक रहेको पाइयो । विस्तृत बुझ्दा गोठाटारमा अवस्थित सृजनशिल बाल सेवा परिवारमा दशै मनाएका छ्न । तर उनको यो संस्थामा मनाएको पहिलो दशै चाहिँ भने होइन । प्रायः सम्पुर्ण चाडपर्व तथा आफ्नो फुर्सदको समयमा सनम कठायत त्यहाँ पुगेर समय बिताउने गर्दछ्न । स्थापनाकाल देखि आफ्नो सेकेन्ड होमको रुपमा संस्थालाई लिएका मोडल सनम कठायत त्यहाँ पुग्दा आफुलाइ कहिले परिवारको अभाव महसुस नहुने बताउनु हुन्छ ।

करिब दुई दर्जन बढी अनाथ बालबालिकाको अभिभावक रुपमा आवद्ध सनम कठायतको सोच अरुभन्दा पृथक छ । सनम कठायत भन्नुहुन्छ“समाजसेवा र सहयोग प्रचारप्रसार अनि चर्चाको लागि भन्दा पनि आत्मसन्तुष्टिको लागि गर्छु । अनाथ बालबालिकाले आश्रय मात्र पाएका छैनन्, अभिभावकत्व पाउँदा हर्षित बनेका छन् । उनीहरुको लालनपालन, शिक्षा, स्वास्थ्यका लागि खर्च सहकर्मी र सहयोगी मनबाट आएको केहि सहयोग जम्मा पारेर सृजनशिल बाल सेवा परिवारले गर्दै आएको छ । आश्रममा रहेका बालबालिका चारदेखि १८ वर्ष उमेरका छन् ।” करिब एक दशक देखी निरन्तर संस्थाको उत्थानको लागि समर्पित कलाकार सनम कठायतला एकदम निकट सहकर्मी कलाकारहरु तथा आफन्तहरुलाई मात्रै मेरो यो आवद्धताबारे जानकारी भएको जनाउने सनमले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हाम्रो संस्था तथा भाइबहिनीहरुलाई सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीमनहरुमा हार्दिक धन्यवाद तथा विजया दशमीको शुभकामना समेत प्रदान गरे ।

संस्थाकी अध्यक्ष उमादेवी बस्नेतले सनम कठायत यो संस्थाको जेठो छोरा हो भन्दै सनम कठायतको संस्थाप्रतिको योगदान र सहयोगको मुक्तकण्ठले प्रशंसा गर्नु भयो । सनम कठायत हाम्रा प्रत्येक उतारचढावमा हामी सधैं हामीसंगै छ । डोटीमा रहनु भएको बुवाआमा, घरपरिवार तथा आफन्तहरुलाई सम्झिदै घरमा अस्वस्थ्य रहेका कान्छाबुवाको शिघ्र स्वास्थ्यलाभको कामना सहित सुभचिन्तक सम्पुर्णमा दशैको शुभकामना व्यक्त गरे । डोटीमा रहनु भएको बुवाआमा, घरपरिवार तथा आफन्तहरुलाई सम्झिदै घरमा अस्वस्थ्य रहेका कान्छाबुवाको शिघ्र स्वास्थ्यलाभको कामना सहित सुभचिन्तक सम्पुर्णमा दशैको शुभकामना व्यक्त गरे । साथै सनमले आमा उमादेवीको हातबाट टीका र आशिर्वाद लिदै र संस्थामा रहेका उनका भाइबहिनीहरुलाई आशीर्वाद दिदै यो वर्षको दशै विशेष बनाएका छन् ।
हेर्नुस तस्बिर :

Leave a Reply