निर्देशनमा छलांङ्ग मार्दै रुपा सिलाल,कृष्ण कुमार शाही र भावना शाहीको स्वर“हिट मेरा दैलेख गैजाम”देउडा गित सार्वजनिक

काठमाडौं । राम सिलाल म्युजिकको प्रस्तुति मौलिक डेउडा गित“हिट मेरा दैलेख गैजाम”देउडा गितको भिडियो सार्वजनिक भएको छ । सुदूर तथा कणाली प्रदेशमा लोकप्रिय भाका रहेको उक्त देउडा गितमा कृष्ण कुमार शाही र भावना शाहीको स्वर रहेको छ भने संगीत विजय थापा मगर तथा शब्द कृष्ण कुमार शाहीको रहेको छ । विजय थापाको संगीत संयोजन रहेको गीतमा पछिल्लो समय नेपालि गित संगीतमा केहि गर्छु भनेर आफ्नो छुट्टै पहिचान बनाउन लागेकी रुपा सिलालको निर्देशन रहेको छ ।

म्युजिक भिडियोमा अमरले छायांकन गरेका हुन् भने सागर मोरेले म्युजिक भिडियो सम्पादन गरेका छन् । रुपा सिलालको निर्देशन गरेका म्युजिक भिडियो एक पछी अर्को बजारमा आईरहेका छन् । लामो समय देखि नै यसै क्षेत्रमा लागेकि सिलालको दिन प्रतिदिन चर्चा पनि उत्तिकै चुलिएको छ । म्युजिक भिडियोमा किरण सुनार र सुरत परियारको अभिनय रहेको छ । म्युजिक भिडियो बिशेष फिलिम्सको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

Leave a Reply