बिष्णु गैरेको शब्द सृजना हरि लम्सालको स्वर चिरन्जीवी र रमा थपलियाको अभिनयमा कारुणिक दशैं गीत”आउँछु भन्थे’ सार्वजनिक

काठमाडौँ – आमा ! आहा कति मिठो शब्द, कति प्रिय लाग्ने शब्द म जे छु त्यसको कारण हुनुहुन्छ मेरी आमा । मेरो जीवनको अस्तित्वको केन्द्रमा कोही छ भने मेरी आमा हुनुहुन्छ । आमा हजुरले मलाई हुर्काउन, बढाउन जुन प्रकारले कष्टपूर्ण र दुःखदायी जीवन बिताउँदै, दुःखका काँडेतारहरू पन्छाउँदै, भविष्यप्रति उत्साहित भएर हेर्नुभयो र मबाट हजुरहरूले धेरै आशा र भरोसा पनि गर्नु भएको छ । स्वाभाविक रूपमा एउटा छोराबाट आमाबाबाहरूले आशा गर्ने कुरा ठिकै पनि हो तर समय र परिस्थितिका कारण जब छोराछोरी घरबाट टाढा हुदा त्यतिबेला महत्व हुन्छ आमा बुवाको ।

यसै सन्दर्भमा नेपालीहरुको आउदै गरेको दशैँ तथा तिहारको शुभकामना सहित बिष्णु गैरेको शब्द संगीतमा हरि लम्सालको आवाजमा रहेको कारुणिक दशैं गीत”आउँछु भन्थे’ सार्वजनिक गरेका हुन् । म्युजिक भिडियोमा आउने लागेको दशैलाई मध्यानजर गर्दै गरिबीको पिडा,छोराहरु आउने बाटो कुर्दै बुढी आमाको बिलौना,छोराछोरी प्रतिको आमाको मायालाई चित्रण गरिएको छ ।म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् भने छायाँङ्कन बुद्ध थापा एण्ड टिम र रमेश थापाको र सम्पादन विकाश दाहालको रहेको छ ।

म्युजिक भिडियोमा पछिल्लो समय युवा पुस्ताका ढुकढुकी रहेका जिबी चिरन अर्थात चिरन्जीवी सापकोटा, रमा थपलिया लगायतका कलाकारहरुको अभिनय रहेको छ । म्युजिक भीडीयो भाइब्रेसन मिडियाको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

Leave a Reply