चक्र वमको बहुप्रतिक्षित गित”नौगेडी”सार्वजनिक

काठमाडौं-दशैँ तथा तिहारको शुभकामना सहित गायक तथा मोडल चक्र बमको सांगितिक कोशेली “नौगेडी” सार्वजनिक भएको छ । गायन र नृत्य मात्र नभई शब्द सृजना तथा संगितको काममा समेत पोख्त बम नेपाली दर्शकमाझ निकै लोकप्रिय छन ।पछिल्लो समय निकै नै लोकप्रिय बनेका छन् चक्र बम । पछिल्लो समय बम केहि फरक शैलीका गित दर्शक स्रोताको माझ ल्याई रहेका छन् । केहिसमय अगाडी बजारमा आएको “काजल”गित भने देशव्यापी नै बन्यो ।

यस गीतमा पनि चक्र बमको आफ्नै संगीत रहेको छ भने शब्द चक्र बम र टुरिष्ट जंग बिकको सयुक्त शब्द सृजना रहेको छ । चक्र बम र एलिना चौहानको स्वर रहेको गीतको म्युजिक भिडियो निर्देशन तथा सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । पवनले छायांकन गरेको म्युजिक भिडियोमा चक्र बम र नग्मा श्रेष्ठको अभिनय रहेको छ । म्युजिक भिडियोमा जिबन साथीलाई घरमा छोडेर जादाको पल चित्रण गरिएको छ । म्युजिक भिडियो चक्र बमको युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply