सं’कटमा स’मस्या परे सम्झनुहोस् यिनलाई, दिदैछन यस्तो सुबिधा

काठमाडौँ – कोरोना भा,इरसको सं,क्रमण फै,लिन नदिन सरकारले गत चैत ११ गते लकडाउन घोषणा गरेको छ । यो लकडाउनको दुरुपयोग गर्दै निजी अस्पतालहरुले गेटमै साँ,चो लगाएका छन् भने एम्बुलेन्स ग्यारेजमा थ,न्काइएका छन् ।

यो सं,कटको अवस्थामा कोही मान्छे विरामी पर्यो अथवा तुरुन्तै अस्पताल जानुपर्ने भयो भने लकडाउनमा यातायातको साधन नपाइनु स्वभाविक हो, तर राज्यबाट सुविधा लिएर सञ्चालनमा आएका एम्बुलेसन्सले समेत अहिलेको परिस्थितिमा फोन उठाउँदैनन् ।

समाजमा त्यस्ता व्यक्ति पनि हुन्छन्, जो अरुलाई अप्ठ्यारो पर्यो भने सहयोग गर्न पाइँन्छ कि भनेर फोन नम्बर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् । त्यस्तैमध्येका एक हुन्– बुढानीलकण्ठका सुभास श्रेष्ठ ।

उनी कोराना सं,क्रमित विरामी बोक्दैनन, त्यसबाहेक अस्पताल पुगेर डाइलसिस गर्नुपर्ने, प्रसुति सेवा लिने, दु,र्घ,ट,ना भए अथवा उपचारका लागि तुरुन्तै अस्पताल जानुपर्ने जोकोहीले सुभासलाई फोन गरे यातायातको सुविधा पाइन्छ ।

उनी एक्लै यो सेवा दिइरहेका छैनन्, उनको निजी गाडी र कार्यालयको गरी चारवटा गाडी सेवामा काठमाडौं, ललितपुर र भक्तपुरमा दौडिरहेका हुन्छन् । उनको गाडीले विरामीलाई अस्पतालमा छोड्छ, अस्पतालबाट कुनै यात्रु बोक्दैनन, बरु त्यहाँ उपचारपछि घर जान नपाएका विरामीहरु छन् भने उनीहरुले घरसम्म पुग्ने सेवा पाउँछन् ।

उनले हिजो बिहीबारसम्म २ सय ९३ जनालाई उनले सेवा दिइसकेका छन् । दैनिक १५ हजार रुपैयाको पेट्रोल खर्च हुन्छ, तर सेवाग्राहीसँग उनी एक पैसा लिँदैनन् ।

आफ्नो पैसा खर्च गरेर यो सेवा किन ? भन्ने राजधानीको प्रश्नमा सुभासले भने, ल,कडाउनका (त्यसबेला कफ्यु) बेला मान्छेको समस्या मैले बुझेको छु । २०५८ सालमा मेरी आमालाई यस्तै समस्या परेको थियो, अस्पताल जान कसैले सहयोग गरेन । त्यसबेलाको दुःख र पी,डा मैले नजिकबाट म,हसुस गरेको छु । त्यस्तो पी,डा कसैलाई न,परोस् भनेर मैले आफ्नो साधन प्रयोग गरेर अस्पतालसम्म पु-याउने सेवा उपलब्ध गराएको हुँ ।

नेपाली समाजलाई निःशुल्क सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि प्राप्त भएको सुभास बताउँछन् । यद्यपि सेवा गर्ने अवसरमा राज्य नै कहिलेकाहिँ बा,धक ब,न्दा दुःख लागेको उनले बताए । बुढानीलकण्ठ नगरपालिकाले बनाइ दिएको एउटा पत्रका आधारमा उनले दुईसाता भन्दा बढी सेवा दिए । पछिल्लो पटक उनले काठमाडौं जिल्ला प्रशासनबाट पास लिएपछि सुभासको सेवा नि,र्धक्क सुचार छ ।

विरामीलाई अस्पताल पु¥याउने मात्र होइन, अस्पतालमा कुरुवा बसेकालाई खानासमेत उपलब्ध गराउँछन् उनी । लकडाउनका बेला किनेर खान पाइँदैन, यो बेलामा विरामी कुरुवासमेत मर्कामा परेका छन् । त्यसैले उनीहरु खाना उपलब्ध गराएका हुँ, सुभासले भने ।

अस्पताल जानुपर्ने भयो, एम्बुलेन्सले फोन उठाएन भने सुभासको मोबाइल नम्बर ९८५१०२०३३८ मा फोन गरे तपाईंको तत्काललाई समस्या समाधान हुन्छ । -राजधानीबाट

Leave a Reply