उत्साहपूर्ण प्रतिक्रिया सहित “दशैँ आयो”युटुब ट्रेडिङमा

काठमाडौं- दशैं र तिहारलाई लक्षित गरेर दिन प्रतिदिन म्युजिक भिडियो सार्वजनिक भइरहेको छन् । दशैँ तथा तिहारको शुभकामना सहित यही चाड पर्बलाई समेटेर यतिबेला दशैं आयो’गीतलाई म्युजिक भिडियो बनाएर सामाजिक सन्जाल Aaha TVको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन । गीतमा तिलक बस्नेत र कविता खत्रीको सुमधुर आवाज रहेको छ। गीतमा तिलक बस्नेतको संगीत अनि समीर प्रकाश पाण्डेको शब्द रहेको छ । अस्ति मात्रै सार्वजनिक भएको म्युजिक भिडियो यतिबेला युटुब ट्रेडिङ भित्र छिरेको छ । यो न्युज तयार पार्दासम्म १ लाख भन्दा बढी दर्शक स्रोताको नजरमा परिसकेको छ । युटुबमा आएका सबै प्रतिक्रिया पनि सबै उत्साहपूर्ण रहेका छन् ।

डान्सिङ शैलीमा आधारित रहेको गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनेको छ। लाहुर गएका लाहुरे दशैंमा घर फर्किँदा आफ्नो प्रेमिका अनि परिवारसँग रमाइलो गरेको कथालाई भिडियोमा देखाइएको छ । अझ भन्दा दशैँ पर्व र घरबाहिर गएका हरेक नेपालीको देश प्रतिको माया,घर परिवार प्रतिको माया र आफ्नो कार्य प्रतिको बफादार यो म्युजिक भिडियोमा चित्रण गरिएको छ ।

सृजन बरालको निर्देशनमा रहेको म्युजिक भिडियो राजेश घिमिरेले छायांकन गरेका हुन् भने अमृत चापागाईंले म्युजिक भिडियो सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा चिरञ्जीवी सापकोटा,गिता ढुंगाना,जिवेश गुरुङ र रुबिशा श्रेष्ठको अभिनयसंगै चारै जनाको डान्स आकर्षक रमाइलो डान्स देख्न सकिन्छ । यसभन्दा अगाडि सोलो बिटका म्युजिक भिडियोमा अभिनय गरेका चिरञ्जीवीले यो भिडियोमा पहिलोपटक डान्स गरेका हुन् ।
हेर्नुस् भिडियो..

Leave a Reply