एक पछी अर्को म्युजिक भिडियो ऋतु तामाङ,सार्वजनिक ”पार्‍याे नि भुतुक्कै”गितको चर्चा

काठमाडौं- दशैँ तिहारको शुभकामना सहित एक पछी अर्को गित नेपालि बजारमा आईरहेका छन् । पछिल्लो समय नेपालि समाजमा युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत धेरै बढेको छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ । गायकीसंगै मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी मोडल हुन् ऋतु तामाङ । नृत्य तथा अभिनयमा पोख्त मोडल सुजाता सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । पछिल्लो समय निकै नै बेस्त रहेकी छन ऋतु तामाङ ।

उनी मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ नगरीमा स्थापित भएकी छन् । यो क्षेत्रमा आफु सफल हुने उनी बताउछिन् । बिगत लामोसमय देखि यसै क्षेत्रमा लागेकी छन् । सयौ भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी ऋतु तामाङ एक पछी अर्को सफलता चुम्दै गएकी छन् । हरेक प्रकारका म्युजिक भिडियोमा अभिनय गरिसकेकी तामाङले रबिन सापकोटा र लोकप्रिय गायिका सुमित्रा तामाङको स्वरमा रहेको”पार्‍याे नि भुतुक्कै”म्युजिक भिडियोमा युवा पुस्ताका ढुकढुकी लोमश शर्मासंग पनि अभिनय गरेकी छन् । सो गीतमा लोक गित संगितको क्षेत्रमा एउटा अतुलनिय योगदान प्रिय सर्जक राजु विरहीको शब्द संगीत रहेको छ भने म्यूजिक एरेन्जर सन्जय श्रीपालले एरेन्ज गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन माधब श्रेष्ठ गरेका हुन् म्युजिक भिडियो रक कौशलले छायांकन गरेका हुन् भने पछिल्लो समय एक पछि अर्को गितमा आफ्नो सम्पादनको छविलाई उच्च बनाउदै आएका पदम सुबेदिले सम्पादन गरेका हुन् ।

Leave a Reply