कोरोना विरु’द्धको अभियानमा नेइमारको यस्तो सहयोग

काठमाडौं – ब्राजिलका स्टार खेलाडी नेयमारले कोरोना भाइ’रसविरु,द्धको अभियानका लागि सात लाख ५० हजार पाउण्ड सहयोग गरेका छन् ।

पीएसजीका स्टार खेलाडी समेत रहेका नेयमारले युनिसेफलाई सो रकम सहयोग गरेका हुन । नेयमारले दिएको रकम कोरोना सं,क्रमणको उपचारमा खर्च गरिनेछ ।

यसअघि पूर्व फुटबलर गेरी लिनेकरले पनि दुई महिनाको तलव करिव तीन लाख पाउण्ड सहयोग गरेका थिए । त्यस्तै अन्य विभिन्न फुटबलरले कोरोनाका कारण आफ्नो तलव क,टौती गरेर सहयोग गरिरहेका छन् ।

Leave a Reply