सहयोगका लागि अघि सरे कलाकार, हेर्नुहोस कसले कति दिए

काठमाडौँ – कोरोना भा,इरस(कोभिड-१९)को कारण फिल्मको काम ठ,प्प भएसँगै ज्यालादारीमा काम गर्दै आएका प्राविधिकहरुले जीवन चलाउन गाह्रो भएको बताएका छन् । चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा केही प्राविधिकलाई बिहान बेलुकाको छा,क टा,र्न नै गाह्रो भएको बताए । लकडाऊनको मा,रमा परेका चलचित्रका प्राविधिकलाई सहयोग गर्न कलाकारहरु अघिसरेका छन ।

अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि आफ्नो फेसबुकबाट १ लाख १० हजार सहयोग गर्ने घोषणा गर्दै उनले फेसबुकमा लेखेका छन्,- ‘हामीलाई सुटिङको समयमा भोक लाग्दा खाना खुवाउने, गर्मी हुँदा छाता ओढाउने, हामीलाई राम्रो देखाउन गर्हौं लाइट उचाल्ने प्राविधिकहरूको लागि यो कठीन समय हो । अत : सबै मिलेर केही सहयोग गरौं । हाम्रो तर्फबाट रू १ लाख १० हजार दिँदैछौं, ।

त्यस्तै अर्का अभिनेता पल शाहले कोरोनाबाट विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिकलाई पाँच लाख सहयोगको घोषणा गरेका छन् । शाहले शुक्रबार सामाजिक सञ्जालमार्फत सो सहयोगको घोषणा गर्दै सहजीकरण गरिदिन चलचित्र प्राविधिक संघलाई आग्रह गर्दै शाहले लेखेका छन् – ‘बिश्वव्यापी महामा,रीका रूपमा फै,लिरहेको कोरोना भा,ईरसको प्रभावले आम मानिसको जनजिवन प्रभावित भइरहेको छ। नेपाली चलचित्र क्षेत्र पनि यसको मा,रमा परेको सर्वविधित नै छ र यस्को पि,डा चलचित्र प्राविधिक तथा अन्य व्यक्तिहरूमा पनि परिरहेको छ। विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूको जनजिवनलाई सहज बनाउनको लागि मैले आर्थिक सहयोग गर्ने घोषणा गर्दछु । मेरो यो सहयोग वितरण कार्यमा चलचित्र प्रविधिक संघ नेपाल ले सहजिकरण गर्ने आशा गरेको छु। मैले व्यक्तिगत तर्फबाट पहिलो चरणमा नगद रू ५,००,००० ( पाँच लाख) रूपैयाँसहयोग गर्ने घोषणा गर्दछु। आर्थिक अवस्था कमजोर हुनुभएका चलचित्र क्षेत्रमा सक्रिय तपाईहरू सबैको साथमा म सधै हुनेछु,’ ।

अभिनेत्री वर्षा सिवाकोटीले पनि लकडाउनको छैटौं दिन प्रधानमन्त्री राहत कोषमा १ लाख जम्मा गर्ने घोषणा गरेकी थिइन् । उनले कोभिड-१९ ले गर्दा दिनरात खान मुश्किल परेकाहरुलाई सहयोग गर्न उक्त रकमको घोषणा गरेको बताएकी थिइन् । अभिनेत्री सिवाकोटीले प्राविधिक संघका अध्यक्ष लामालाई ५० हजार सहयोग रकम दिइसकेको बताएकी छन् ।

त्यस्तै लामाले अमेरिकामा रहेका निर्देशक कृष्ण चापागाईँले पनि १ हजार डलर र फिल्मकर्मी गौतम धिमालले पनि २ लाख १५ हजार बराबरको खाद्यन्न सहयोग गर्ने घोषणा गरेको बताए ।

Leave a Reply