मोरङमा गो ली हाना हान, तीन जना प क्राउ

मोरङ– मोरङको सलकपुर सामुदायिक वन र केराबारी गाँउपालिका लोहन्द्रा साझेदारी वनको सीमा क्षेत्र जंगलमा वन्यजन्तु त स्कर र सुरक्षाकर्मीबीच गो ली हा ना हान भएको छ।

शुक्रबार दिउँसो करिब ३ बजेतिर मध्य जंगलमा वन्यजन्तुको चो’री शि’कारी भइरहेको सूचनाका आधारमा सुरक्षाकर्मीको टोलीले गस्ती गर्ने क्रममा दोहोरो गो’ली हा’नाहा’न भएको सलकपुर सव डिभिजन वन कार्यालयले जनाएको छ।

कार्यालका कर्मचारी एवं वन रक्षक प्रेम विष्टका अनुसार केही दिनदेखि जंगलमा शि’कारीले गतिविधि गरिरहेको सूचनाका आधारमा सशस्त्र प्र’हरी बलको टोलीसहित वन कार्यालयका रक्षकसहितको टोलीले शुक्रबार कार’बाही गरेको जानकारी दिए।

रामनवमीदेखि वनभित्र अ’वै’ध क्रियाकलाप गर्दै आएका उनीहरुमध्ये तीनजनालाई प’क्राउ गरेको विष्टले बताए।

गस्तीका क्रममा सुरुमा तर्साउन ८/१० राउण्ड गोल चलाएको बताएका विष्टले भने, ‘उनीहरुले सुरुमा फायर खोले। त्यसपछि सुरक्षाकर्मीले पनि ७ राउण्ड फायर खोलेका थिए।’

पक्राउ पर्नेमा केराबारी गाँउपालिका ८ का ३५ वर्षीय गम्बरबहादुर जोगी, २७ वर्षिय किसन कार्की र झापा बुद्धशान्तिका किरण धिमाल रहेको कार्यालयले जनाएको छ। उनीहरुको साथबाट २ नाल भरुवा ब’न्दुक, गो’ली र छर्रा बरा’मद भएको बताइएको छ।

कार्यालयका अनुसार पक्राउ परेका त’स्करहरुले मृग, बदेल लगायतका वन्यजन्तुको शि’कार गर्दै होटलमा पुर्‍याउने गरेका थिए।

Leave a Reply