एका बिहानै भूकम्पको धक्का महसुस,मानिसको भागाभाग

काठमाडौँ – कोरोना कहरकाबिच काठमाडौँमा बुधबार शक्तिशाली भूकम्पको धक्का गएको छ । बिहान ५ बजेर १८ मिनेटमा गएको भूकम्पपछि सर्वसाधारण सडकमा आएका छन् ।भूकम्पको धक्का ठूलो गएका कारण काठमाडौँका घरहरु डरलाग्नेगरी हल्लिएका छन् । भूकम्पले काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लाहरु राम्रोसँग हल्लाएको छ भने थप जानकारी आउन बाँकी छ ।

यसअघि, भदौ २६ गते बिहान साढे ९ बजे झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस गरिएको थियो ।

Leave a Reply