को’रोना सं’क्रमि’त छैटौं महिलालाई कतार ट्रान्जिटनै भयो यस्तो अ’भिशा’प

काठमाडौं – नेपालमा कोरोना भाइ’रस सं’क्रमि’त छैटौं व्यक्ति पनि बागलुङकै भएको खुलेको छ । यसअघि पाचौं सं’क्रमि’त युवती पनि बागलुङकै थिइन् । छैठौँ सं’क्रमि’त ६५ वर्षीया महिला बागलुङ नगरपालिका–३ बागलुङकी रहेकी छन् । उनी पनि काठमाडौं र बागलुङकै दुई युवतीसँगै चैत्र ४ गते नै कतार एयरवेजको उडान नम्बर ६५२ बाट काठमाडौं आएकी थिइन् ।

कान्छा छोरालाई भेट्न बेल्जियम गएकी उनी बेल्जियमबाट नेपाल फर्कने क्रममा बागलुङकै संक्र’मित युवतीसँग कतार आएपछि ट्रान्जिटका बेला दोस्रो संक्र’मित काठमाडौंकी १९ वर्षीया युवतीसँग भेटघाट भएको खुलेको छ ।

स्वास्थ्य अधिकारीहरुले दोस्रो संक्र’मित, पाँचौँ संक्र’मित र छैठौँ संक्र’मितबीच कतारको ट्रान्जिटमा भएको भेटवार्ता नै को’रोना सं’क्रम’ण भएको हुनसक्ने आकलन गरिरहेका छन् । ६५ वर्षीया संक्र’मित महिलाले आफूलाई काठमाडौं र बागलुङकै युवतीले नेपाल आउनलाई सहयोग गरेको बताएकी आफन्तले बताउन थालेका छन् ।

बानपा–३ की यी महिलामा कुनै पनि प्रकारको ल’क्षण देखिएको छैन । उनलाई बागलुङ अस्पतालमा ल्याउने तयारी गरिएको छ ।

सरकारी अधिकारीहरुले अहिलेसम्म संक्र’मण देखिएका नेपालीहरु कतार र यूएईबाट आएका भएकाले उनीहरुसँगै जहाजमा आएका सबैलाई जसरी भए पनि सम्पर्कमा ल्याउने तयारी थालेका छन् ।

Leave a Reply