लकडाउन उ ल्लंघन गर्दै खुलेआम हिंड्न थालेपछि आजबाट फेरी नया यस्तो नियम लागु

काठमाडौँ – सरकारले जारी गरेको लकडाउनको उ ल्लङ्घन भएपछि भक्तपुर नगरपालिकाले अनुमतिपत्रको ब्यबस्था गरेको छ । नगरपालिकाभित्र धेरै स्थानीयवासी बाक्लोरूपमा खुलेआम हिंड्न थालेपछि नगरका बासिन्दालाई लकडाउनमा राख्न नगरपालिकाले अनुमतिपत्र लागु गरेको हो ।

लकडाउनको समयमा स्थानीय बासिन्दाले हिंडडुल गर्दा कोभिड–१९ को स’ङ्क्रमणको जो खिम बढेकाले नगरपालिकाले अत्यावश्यक कामका लागि मात्रै घर बाहिर जान पाउने गरी अनुमतिपत्र लागु गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । तरकारी र खाद्यान्न पसलमा मानिसको भीड लाग्ने गरेको, बाहिर खुलमखुला हिंड्ने गरेपछि यसलाई रोक्न एक घर एक पासको व्यवस्था गरेको हो । नगरपालिकाले नगरवासीका लागि सम्बन्धित वडा कार्यालयमार्फत अनुमतिपत्र वितरण गर्न थालेको छ ।

एक घरबाट एक जना मात्र बाहिर निस्कन पाउने गरी वडा कार्यालयमार्फत अनुमतिपत्र वितरण गर्न थालेको हो । अनुमतिपत्र लिएर एक घरबाट एक पटकमा एक जना मात्र बाहिर निस्कन पाइने छ भने परिचयपत्र बोकेर अनावश्यकरूपमा हिंडेको पाइए का र वाही गरिने प्रजापतिले बताए ।

मन्दिर, मस्जिद, चर्च, पाटीलगायत धार्मिकस्थलमा पूजा प्रार्थना गर्ने वा मर्निङवाक, योग र शारीरिक व्यायामको नाममा अ सुरक्षित रुपमा घरबाट बाहिर आउने, तरकारी वा खाद्यान्न किनमेलको नाममा भीडभाड गर्न नगरपालिकाले रोक लगाएको वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्या ख्वाले जानकारी दिए ।

नगरपालिकाले आजदेखि दत्तात्रय चोकदेखि वंशगोपालसम्मको मूलसडक र चोकमा तरकारी बजार राख्न पूर्ण नि षेध गर्ने गर्दै निश्चित क्षेत्र तोकेको छ ।

Leave a Reply