यस्तो छ अमेरिकामा कोरोनाको पछिल्लो तथ्यांक, महामारी तीव्र

काठमाडौँ – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सं’क्रमण अमेरिकामा निकै तीव्र रुपमा देखिएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्र’मण यूरोपियन मुलुक हुँदै अमेरिमा तीव्र रुपमा देखिएको छ । यूरोपियन मुलुकहरुमा पनि कोरोना संक्र’मणको दर भने अपेक्षानुरुप रोकिएको छैन ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै ७ सय १९ जनाले ज्या न गुमाएका छन् । यो सँगै अमेरिकामा ज्या न गुमाउनेको संख्या ३ हजार ८ सय ६० पुगेको छ । त्यस्तै एकै दिन २३ हजार ५ सय ५२ जना नयाँ ‘संक्र’मित देखिएका छन् । योसँगै अमेरिकामा १ लाख ८७ हजार ३ सय ४० जना संक्र’मित भएका छन् ।

संक्र’मितमध्ये ६ हजार ४ सय ६१ जना उपचारपछि निको भएका छन् । ३ हजार ९ सय ८८ जनाको अवस्था ग’म्भीर रहेको जनाइएको छ भने एक लाख ७७ हजार १९ जना उपचाररत छन् ।

कोरोना भाइरसका कारण संक्र’मितको संख्या विश्वमा ८ लाख ५६ हजार ९ सय १० पुगेको छ । एकै दिन ७२ हजार १ सय ७२ जनामा संक्र’मण देखिएको जनाइएको छ ।

विश्वव्यापी रुपमा एकैदिन ४ हजार ३ सय ३४ जनाले ज्या न गुमाएसँगै मृ’त्यु हुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ । संक्र’मितमध्ये १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् ।

Leave a Reply