कोरोना संक्रमण फैलिन नदिन भन्दै गाउँलेले गरे यसरी नाकाबन्दी

काठमाडौं – विश्वव्यापी त्रास फैलाएको कोरोनाभाइरसको संक्रमण देखिएपछि नेपालले चार दिनदेखि लकडाउन गरेको छ । एक साताका लागि गत मंगलबारदेखि गरेको लकडाउन लम्बिन सक्ने अनुमान गरिएको छ ।

लकडाउनको अवज्ञा गर्दै मानिसहरु घर बाहिर निस्कन थालेपछि स्थानीय तह र प्रशासनले कडा गरिरहेको छ । तर, यही बेला तनहुँमा स्थानीयले कोरोनाभाइरस संक्रमित नछिरुन् भनेर गाउँमा नाकाबन्दी गरेको छन् । तनहुँको म्याग्दे गाउँपालिका २ काफ्लेथोक प्रवेश गर्ने मुख्य दुईवटा नाका बन्द गरिएको हो । गाउँलेले बाटोमा काठको बार लगाएर ‘बाटो बन्द’लेखेर नाकाबन्दी गरेका हुन् ।

Leave a Reply