सामान सकिए ११३७ मा फोन गर्नुहोस्, तुरुन्तै सामान लिएर घरमै आउँछ सरकारी गाडी

काठमाडौं – चीनबाट फैलिन शुरु गरेको कोरोनाभाइरस अहिले विश्वका धेरै देशमा फै,लिसकेको छ । विश्वभर कोरोनाभाइरसका कारण २० हजार मानिसको मृ,त्यु भइसकेको छ । नेपालमा पनि बुधवार थप एक जनामा कोरोनाको सं,क्रमण देखिएको छ । सोमबार बेलायतबाट आएकी एक युवतीमा कोरोनाको सं,क्रमण देखिएपछि मंगलबारदेखि देशभर लकडाउन गरिएको छ ।

नेपाल सरकार कोरोनाको रो,कथाम तथा नियन्त्रणको लागि उच्च सतर्कता अपनाइरहेको छ । आज लकडाउन भएको दोस्रो दिन देशभर नै सुनसान बनेको छ । यसैक्रममा सरकारले लकडाउनको समयमा घर घरमा सामान उपलब्ध गराउने तयारी गरेको छ । यदि घरमा सामान सकिएमा सरकारले मन्त्रालयको टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ ।

यदि घरमा खाद्यान्नको अभाव भएमा ११३७ मा फोन गरेर सामान माग गर्न सकिने जनाइएको छ । घरमा अत्यावश्यक वस्तु आवस्यक परेमा ११३७ मा फोन गरेमा तुरुन्तै सरकारी टोली त्यहाँ पुग्छ । यसको लागी सरकारले तयारी गरिरहेको जनाइएको छ । यदि काठमाडौँ उपत्यकामा आवश्यक वस्तु पुर्याउनु परेमा करिब दुई दर्जन बढी मिनीट्रकको व्यवस्था गरिएको जनाइएको छ ।

Leave a Reply