अष्ट्रेलियामा नेपाली युवाहरुको झगडा, गयो एक जनाको ज्यान

अष्ट्रेलिया – अष्ट्रेलियाको सिड्नीमा नेपाली युवाहरुबीच कु’टाकु’ट हुँदा एक जनाको ज्या’न गएको छ । मदिराले मात्तिएपछि युवाहरुबीच भएको कु’टाकु’टले एक जनाको ज्या’न गएको हो ।

मृ’त्यु हुने २३ वर्षका युवक रहेको जनाइएको छ । गत मार्च २१ गते हर्जविलको एक पपमा मदिरा पिउने क्रममा शुरु भएको विवादले उग्र रुप लिएपछि ती युवकको मृ’त्यु भएको थियो ।

बारमा तीन तीन जनाको समुहमा रहेका नेपाली युवाबिच कु’टाकु’ट भएपछि सुरक्षा गार्डले उनीहरुलाई बाहिर निकालेका थिए ।

त्यसपछि पनि झगडा नरोकिएपछि भागाभाग गर्ने क्रममा दुइ जना पर्खलाबाट सडकमा लडेका थिए । लडेर घाइते भएकाहरुलाई नजिकै रहेको सेन्टजर्ज अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा एक जनाको मंगलबार मृत्यु’ भएको हो । घटनामा संलग्न रहेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

Leave a Reply