जस्तोसुकै हालतमा २ हप्ता भित्र कर तिर्नुपर्ने,यस्तो छ सरकारको निर्णय

७ असार,काठमाडौं – सरकारले २०७७ चैत र २०७८ बैशाख महिनाको कर तिर्ने समयबारे अर्को सूचना निकालेको छ । आन्तरिक राजस्व विभागले यी २ महिनाको कर असार २५ गतेसम्म तिर्न पाउने गरी समय थप गरेको छ । विभागले बुधबार एक सूचना प्रकाशित गर्दै कोभिड नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण कर तिर्न असहजता भएको भन्दै असार २५ गतेसम्मको समय थप गरेको छ ।

मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम २०७७ चैत र २०७८ बैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर असार २५ गतेसम्म बुझाउन सकिने जनाइएको छ ।

विभागले आयकर, अन्तः शुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार दस्तुर समेत असार २५ गतेसम्म तिर्न पाउने गरी समय थप गरेको जनाएको छ ।

Leave a Reply