मोडलिङ क्षेत्रमा स्थापित हुदैँ मोडल दिनेश कठायत

काठमाडौँ-सुदूरपश्चिम डोटी जोराईल स्थायी घर भएका आमा राधादेबी कठायत र बुवा टेक बहादुर कठायतको काखबाट जेठो पुत्रको रुपमा जन्मिएका दिनेश कठायत बिगत केहि बर्ष देखि यस क्षेत्रमा आबद्द रहेर ब्यबसायिक मोडलको रुपमा आफुलाई निखार्दै आएका छन् । कठायतका दुई भाई र दुई जना बहिनि रहेका छन् । सानै उमेर देखि नृत्यमा रुचि राख्ने दिनेश कठायत अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिषरत छन् । मोडल दिनेश कठायत भन्छन,अब मोडलिङ क्षेत्र मै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । “मायाले बोलाको”गीतको म्युजिक भिडियोबाट डेब्यु गरेका कठायतले करिब ५ दर्जन भन्दा माथि मोडलिङ गरिसकेका छन् ।

दिनेश कठायत गित संगित अर्थात मोडलिङ मात्र सिमित नभएर बेलाबेला सामाजिक काम अर्थात समाजसेवा पनि गर्दै आएका छन् । कठायत भन्छन – मेरो अनुभवमा अभिनय र मोडलिङ क्षेत्रमा प्रवेश गर्नु,यो क्षेत्रमा स्थापित हुने कुरा एकदमै चुनौतिपूर्ण कार्य भएको हुदा मैले पनि आफूलाई यस स्थितिमा उभ्याउन कति संघर्ष गर्नुपर्‍यो यदि त्यसको लेखाजोखा राख्ने हो भने सायद राख्ने स्थानको अभाव होला तर पनि सोही संघर्षले मलाई यसै क्षेत्रमा निरन्तर क्रियाशील हुन भने असिमित उर्जा प्रदान गरेको छ ।

हालसम्म अभिनय र मोडलिङ सम्बन्धि कुनैपनि शिक्षा नलिएको जानकारी गराएका उनले आगामी दिनमा सो सम्बन्धी शिक्षा र तालिम लिएर आफूभित्रको प्रतिभालाई अझ उजागर गर्ने उनको दृढ अठोटसगै आफ्नो र आफ्नो क्षेत्रको पहिचानलाई स्थापित गराउने उनको लक्ष्य रहेको छ । सामान्य परिवारमा जन्मेका दिनेश कठायतले यो क्षेत्रमा प्रवेश गर्न निकै नै चुनौतीपूर्ण काम गर्दै यहाँसम्म आएको बताउने गर्छन । घरको स्थिति अलि नाजुक भएकै कारण पढ्न नसक्ने अवस्था आएपछि प्लस टु सम्म अध्यायन गरेका कठायत

गरिबीले गर्दा एकातिर,समाजको ईज्जतको लागि अर्कोतिर जानु पर्ने वाध्याताले जिबनमा निकै नै संघर्ष गरेको बताउनुहुन्छ । घास दाउरा गरेर प्लस टु सम्म पुरा त तर त्यस भन्दा माथि बढ्न सकेनन । मनमा मोडलिङको भुत चढिरहेको बेला घरमा अलिकति भए पनि खुसि थप्नको लागि रोजगारिको शिलशिलामा छिमेकी देश भारतसम्म पलायन भएका थिए । त्यतिमा मात्र सिमित रहेन कठायतको जिन्दगीको यात्रा । घरको सामान्य अवस्था भएकै कारण मनमा भएका अथक पिडालाई साछि राख्दै फेरी नेपाल फर्किएका कठायतले धनगडीमा कबाडी उठाउने ठाउमा काम शुरु गरेका थिए ।

उनि हर कामको पछाडि आफ्नो मोडलिङको सामना देखिरहेका हुन्थे । बिचमा अनेक क्रियाकलाप गर्दै धनगडीबाट नै मोडलिङमा छिरेका थिए ।करिब एक दर्जनको हाराहारीमा धनगढ़ी बसेर म्युजिक भिडियोमा अभिनय गरिसके पछी कामको शिलशिला र मोडलिङ क्षेत्रमा केहि गर्छु भन्ने मनोबल बोकेर राजधानी काठमाडौं छिरेका हुन् । काठमाडौं छिरे लगतै आर.एन खत्रीको शब्द तथा संगीतमा”टुटेको सम्बन्ध”गितमा अभिनय गर्ने अवसर पाए । त्यसपछि साथीभाईहरु,आफन्तको सहयोगले एक पछी अर्को म्युजिक भिडियो देखिन थालेका हुन् ।

अहिलेसम्म करिब १०० वटा भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । मनमा अनेक थरिका सपना थिए । मोडलिङ क्षेत्रमा केहि गर्छु भन्ने मनमा थियो । तर पनि गरिबको छोरा भएर ठुलो अपेक्षा नगर,सानो भएर काम गर जस्ता समाजमा भन्ने कुराले मन पोल्थ्यो । मैले अभिनय गर्न खोज्दाखोज्दै पनि अवसर खोज्दाखोज्दै पनि कतिपय बेला त मसंग केटि मोडलसम्म काले भनेर अभिनय गर्न समेत नमानेको तितो अनुभब सुनाउछन् । यतिबेला कठायत अभिनित म्युजिक भिडियो बजारमा दिनप्रतिदिन आईरहेका छन् भने केहि आउने तयारीमा पनि रहेका छन् ।

विश्वमाहामारीको रुपमा फैलिएको कोरोना र लक्डाउनका कारण म्युजिक भिडियोका केहि काम गर्न असहज रहेको बताउने कठायत यतिबेला गरिब,दुखीको साहारा बनिरहेका छन् । लक्डाउनका कारण सडक पेटिमा बसेका,दिनभरी काम गरेर छाक टार्ने गरेका गरिब मजदुर,सडक बालबालिकालाई हन्रेड ग्रुपले सन्चालन गरेको खाना वितरणमा निशुल्क खाना बाढीरहेका छन् । गीतसंगीतको माहोल निकै नै तातिरहेको बेला सपनाको शहर काठमाडौँ जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन त्यसै सपनासंग जोडिएको मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो ।

युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत धेरै बढेका छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ । हरेक समस्या र परिस्थितिका बाबजुद पछिल्लो समय मोडल बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेका मोडल दिनेश कठायत नृत्य तथा अभिनयमा पोख्त छन् । सुन्दर मुहार र आकर्षक शरीरको धनी छन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहार नै उनी प्रतिको आकर्षण हो ।

उनी मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहान्छन । मोडलिङमा प्रतिभाभन्दा पैसा लिएर आउनेले गर्दा प्रतिभा भएका मानिस समस्यामा पारिरहेका छन्। प्रतिभाभन्दा पैसालाई प्राथमिकता दिनेका कारण अभिनय गर्न चाहने निरुत्साहित भइरहेका छन्। बिस्तारै यो अवस्था बदलिन्छ होला भन्ने आशा छ।

Leave a Reply