बहुप्रतिक्षित गित”धुरुरु”को चौतर्फि चर्चा,युटुब ट्रेडिङमा(भिडियो)

काठमाडौं-नेपालि गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आईरहेका बेला दिन प्रतिदिन आहा टिभीले बहुप्रतिक्षित गितका म्युजिक भिडियो बजारमा ल्याउने गरेको छ । हेर यो मुटुमा चिरा पर्याछ”गीतको अपार सफलतापछि सर्जक संचारकर्मी तथा मोडल जीबी चिरन अर्थात चिरन्जीवी सापकोटालाई पछि भने फर्केर हेर्नु परेन ।

सापकोटा अभिनित म्युजिक भिडियो बजारमा एक पछि अर्को आईरहेका छन् भने केहि आउने तयारीमा रहेका छन् । कतिपय म्युजिक भिडियो निकै नै लोकप्रिय बनेका छन् । यसै सन्दर्भमा टिकटकमा सर्वाधिक चर्चा कमाएको गित”धुरुरु”को अफिसियल म्युजिक भिडियोले निकै नै चर्चा कमाएको छ । भखरै मात्र सार्वजनिक भएको सो म्युजिक भिडियो यतिबेला युटुबको ट्रेडिङ लिस्टमा रहेको छ । यो समाचार तयार पार्दासम्म ट्रेडिङ ३७ मा रहेको छ भने १ लाख ५० हजार भन्दा माथि दर्शक स्रोताको नजरमा परिसकेको छ ।

लोकप्रिय सर्जक बादल थापाको शब्द संगित तथा स्वरमा तयार भएको गितको म्युजिक भिडियो निर्देशक सृजन बरालले निर्देशन गरेका छन् । बादल थापाका स्वरमा रहेका हरेक गितले उत्तिकै चर्चा कमाएको छ । यो गितले पनि छोटो समयमा निकै चर्चा कमाएको छ । दिपक गिरीले छायाँकन गरेको म्युजिक भिडियो सम्पादन अमृत चापागाईले गरेका हुन् भने म्युजिक भिडियोमा चिरन्जीवी सापकोटा,क्रिस्टिना केसी,शिशिर भण्डारी र सुबास बजगाईको अभिनय रहेको छ । म्युजिक भिडियो निकै नै कारुणिक रहेको छ । हेर्नुहोस भिडियो :

Leave a Reply