३,७४९ जनामा कोरोना संक्रमण, ५९ जनाको मृ,त्यु

२७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइ!रसको संक्र!मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइ!रस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । जसमध्ये ५ लाख १५ हजार ५९१ जना संक्रम!णमुक्त भएका छन् भने ७७ हजार ८५८ जना सक्रिय संक्र!मित रहेका छन् ।

Leave a Reply