लगडाउनको बेला काठमाडौंमा बोराभित्र भेटियो वयस्क व्यक्तिको खुट्टा,शब अझै अत्तोपत्तो छैन

२५ जेठ, काठमाडौं । बौद्धको टाउन प्लानिङमा भेटिएको बोराभित्र वयस्क व्यक्तिको एउटा खुट्टा फेला परेको छ । सुरुमा श,व फेला परेको भनिए पनि प्रहरी टोलीले बोरा खोलेर हेर्दा त्यसभित्र घुँडादेखि मुनिको एउटा खुट्टा फेला परेको हो । घट,नास्थलमा काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंह र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डाक्टरसमेत पुगेका थिए । फरेन्सिक डाक्टरले कुनै व्यक्तिको शरीरबाट दुई(तीन हप्ता अगाडि नै खुट्टा अलग गरिएको हुनसक्ने बताएको एसएसपी सिंहले बताए ।

घट,ना अन्तै गराएर खुट्टा बौद्धमा व्यवस्थापन गरिएको हुन सक्ने अनुमान प्रहरीको छ । प्रहरीले कोही मानिस हराएको सूचनाको अध्ययन गरी घट,नाको अनुस,न्धान प्रक्रिया थालेको एसएसपी सिंहले बताए । खुट्टा पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । अनलाइन खबरमा लेखिएको छ ।

मानिसको खुट्टा भेटिएको स्थान नजिकै घर भएका सुन्दर खनालले मंगलबार बिहान पूजा गर्ने दूबो टिप्न बाहिर निस्किएका व्यक्तिले सिमेन्टको बोराभित्र खुट्टा देखेपछि आफूलाई खबर गरेको र आफूले शव भेटिएको भनेर प्रहरीमा खबर गरेको बताए ।

Leave a Reply