नेपालगञ्जको घटना सेलाउन न पाउदै फर्कंदै गरेका स्वास्थ्यकर्मीमाथि फेरी कु,टपि,ट

१९ जेठ,काठमाडौं । कोशी अस्पतालबाट डिउटी सकेर घर फर्कंदै गरेका स्वास्थ्यकर्मीमाथि प्रहरीले कु,टपि,ट गरेको छ । मंगलबार राति साढे ९ बजे अस्पतालबाट घर फर्कंदै गर्दा सिनियर अहेब अशोक राजवंशीलाई प्रहरीले कु,टपि,ट गरेको हो । मोटरसाइलमा घर जाँदै गर्दा विराटनगरको देवकोटा चोकमा डिउटीमा रहेका दुईजना प्रहरीले कु,टपि,ट गरेको उनले बताए ।‘परिचय पत्र भिरेर डिउटीबाट घरजाँदा प्रहरीले बाटोमा रोक्नुभयो,’उनले भने,‘स्वास्थ्यकर्मी हुँ भन्दाभन्दै दुईजना प्रहरीले कु,टपि,ट गरे ।’कु,टपि,टका कारण राजवंशीको खुट्टा र घोडामा नि,लडा,म छ ।

सहकर्मी कु,टिएको विरो,धमा विराटनगरमा स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका छन् । बुधबार कोशी अस्पताल विराटनगर परिसरमा प्लेकार्डसहित कु,टपि,टको वि,रोधमा प्रदर्शन गरेका हुन् । नेपाल चिकित्सक संघ कोशीको अगुवाइमा प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी गर्न माग गरे । यस्तै नेपाल चिकित्सक संघ कोशीका अध्यक्ष डा। फरवार्ड सिलवालले महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी प्रहरीबाटै कु,टिनु दुःखद भएको बताए ।

स्वास्थ्यकर्मी कु,टिएको विषयमा प्रहरीले छानबिन गर्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । ‘निषेधाज्ञा कार्यान्वयन गराउन प्रहरी खटिएका छन्,स्वास्थ्यकर्मीमाथि हातपात भएको विषयमा हामी छानबिन गर्छौं,’ उनले भने, ‘महामारीमा स्वास्थ्यकर्मीको भूमिका उच्च छ ।’

Leave a Reply