कोरोनाको विषम परिस्थितिमा फेरी देखियो अर्को भाईरस,भेटिए बिरामी

१८ जेठ, काठमाडौं । म्युकोरमाइकोसिस(कालो ढुसी)को संक्रमण देशका अन्य शहरहरुमा पनि देखिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेल वीरगञ्जबाट देखिन थालेको यो संक्रमण बाँके, काठमाडौं लगायतका शहरमा देखिएको पुष्टि गर्छन् । वीरगञ्जमा वैशाखको तेस्रो साता ६७ वर्षीय एक पुरुषमा ब्लाक फङ्गस अर्थात कालो ढुसीको संक्रमण देखिएको थियो । तर अहिले १२ जना कोरोना संक्रमितमा यो संक्रमण पुष्टि भएको जानकारी मन्त्रालयमा आएको उनले बताए ।

‘वीरगञ्जमा देखा परेको यो संक्रमण अहिले काठमाडौंका अस्पतालहरुमा पनि देखिएका छन्,’ डा। पौडेलले भने, ‘त्रिवि शिक्षण अस्पतालमा तीन जना, वीर अस्पतालमा दुई जना र नर्भिक अस्पतालमा एकजनामा यसको संक्रमण देखिएको सूचना पाएका छौं । बाँकेको भेरी अस्पतालमा पनि यो संक्रमण देखिएको खबर आएको छ ।’

वीरगञ्जमा तीन जनाको परीक्षण गर्दा दुई जनामा ब्ल्याक फंगसको पुष्टि भइसकेको छ । एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको नारायणी अस्पतालका डा। निरज सिंहले बताए । यसैगरी बाँकेको भेरी अस्पतालमा तीन जनामा ब्ल्याक फंगसको संक्रमण देखिएको अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा। राजन पाण्डेले बताए ।

‘तीन जना कोरोना संक्रमितमा कालो ढुसीसँग मिल्दो लक्षण देखिएका थिए,’ डा पाण्डेले भने, ‘दुई जनाको उपचार प्रक्रिया नथाल्दै मृत्यु हुन गयो । एकजनालाई भने काठमाडौं रेफर गरिएको थियो ।’स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलका अनुसार पछिल्लो समय हप्तामा कालो ढुसीका दुईरतीन वटा केस देखा परेका छन् । यसले के संकेत गर्छ भने आगामी दिनमा कालो ढुसीको संक्रमण बढ्दै जाने सम्भावना प्रवल रहेको उनले बताए ।

अस्पतालमा फंगसको परीक्षण नहुने भएकाले औपचारिक पुष्टि भने हुन नसकेको डा। पाण्डेले बताए । भारतको महाराष्ट्र, दिल्ली, गुजरातलगायतका शहरमा ९ हजार भन्दा बढी कोरोना संक्रमण निको भएका व्यक्तिहरुमा ब्ल्याक फंगसको संक्रमण देखिएको थियो । नेपालमा पनि गरेर कोभिड–१९ निको भएका बिरामीहरुमा ब्लाक फङ्गलको संक्रमण देखा परेको छ । ‘कोभिड संक्रमण हुने दर अहिले बढ्दो छ ।

संक्रमणको बेला धेरै जनाले स्टेरोइड लगायत एन्टिबायोटिक औषधिको प्रयोग गरेका छन्,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। पौडेलले भने, ‘कोभिड सञ्चो भएका व्यक्तिहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले ब्लाक फङ्गसको संक्रमण बढ्न गएको हो ।’डा। पौडेलका अनुसार पछिल्लो समय हप्तामा कालो ढुसीका दुईरतीन वटा केस देखा परेका छन् । यसले के संकेत गर्छ भने आगामी दिनमा कालो ढुसीको संक्रमण बढ्दै जाने सम्भावना प्रवल रहेको उनले बताए ।

स्टेरोइड तथा एन्टिबायोटिक औषधि सेवन गरेका गम्भीर प्रकृतिका कोभिडका बिरामीहरु संक्रमणमुक्त भएपछि कालो ढुसीको संक्रमण देखा पर्ने सम्भावना रहेको उनले बताए । नाक, कान, घाँटीसम्बन्धी नेपालका विशेषज्ञ चिकित्सकहरूको संगठनका महासचिव एवं शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा योगेन्द्र न्यौपानेले एक दुई महिनाभित्रमा यो संक्रमण बढेर एकसयदेखि डेढसयको संख्यामा पुग्ने अनुमान गर्छन् ।

काठमाडौंको तिलगंगा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत तथा कोर्निया विशेषज्ञ डा। रीता गुरुङले यो एक प्रकारको दुर्लभ रोग भएको बताउँछिन् । कोभिडका बिरामीलाई मात्रै नभएर रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका अन्य बिरामीमा पनि यसको संक्रमण हुने बताउँछिन् ।

Leave a Reply