डा. गोविन्द थापाको कोरोना संक्रमणका कारण नि!धन

१८ जेठ, काठमाडौं । अर्थशास्त्री डा। गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निध,न भएको छ । कोरोना संक्रमणबाट पीडि,त थापाको सोमबार बिहान करिब ५ बजे शहीद गंगालाल अस्पतालमा निध,न भएको हो । थापाको आजै पशुपति आर्य,घा,टमा दाहसंस्कार समेत गरिएको छ । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको सल्लाहकार रहेका थापा नेपाल राष्ट्र बैंकको पूर्वकार्यकारी निर्देशक हुन् ।

सुरेन्द्र पाण्डे अर्थमन्त्री भएका बेला उनलाई सरकारले एशियाली विकास बैंकमा काम गर्ने अवसर दिएको थियो । नेकपा एमालेको अर्थ योजना,अनुस,न्धान विभागको पाण्डे अध्यक्ष र थापा सचिव रहेका थिए । पूर्व अर्थमन्त्री पाण्डेले पार्टी र देशले एउटा राम्रो व्यक्ति गुमाएको बताए । ‘

म भर्खरै झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिएर पशुपतिबाट फर्कँदैछु,उहाँ एउटा देशभक्त र पार्टीको बफादार कार्यकर्तासमेत हुनुहुन्थ्यो,’ उनले भने । पोखरामा जन्मिएका थापाका श्रीमती, एक छोरा र एक छोरी छिन् ।

Leave a Reply