संचारकर्मी तथा समाजसेवी भूकम्पबाट बचेका रविन्द्र गौतम,कोरोनाको बने सिकार,श्रद्धासुमन !

१७ जेठ,काठमाडौं-अन्नपूर्णको च्याट बक्समा आएको रोजनको म्यासेजले एक्कासि झस्कायो। यसबीचमा कुरा हुन पाइरहेको थिएन। रवीन्द्र्र गौतम कोरोना संक्रमित भएर उनलाई उपचारका लागि काठमाडौं लगिएको पोस्ट पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईंले गरेपछि थाहा भयो, उनी बि,रामी परेका कुरा। फोन झिकेर नम्बर खोजेँ। तर कल गर्ने साहस आएन। त्यतिबेला हेलिकोप्टरमै लानुपर्ने अवस्था जटिल रहेछ भन्ने लागेर फेसबुकमा आएका पोस्टहरूमा स्वास्थ्य लाभको कामना गरेँ। परिवारका अन्य सदस्यसँग सम्पर्क नभएकाले स्वास्थ्य अवस्थाबारे जानकारी पाएको थिइनँ। अचानक आएको म्यासेजले मन भक्कानियो र निःशब्द भएँ।

उनीसँगको चिनजानधेरै लामो थिएन। २०७३ कात्तिकमा दोलखाको चरीकोटमा भेटेर तालिमको सिलसिलामा एक साता सँगै बस्दा निकै मिजासिलो र सहयोगी साथीका रूपमा पाएको थिएँ। त्यतिखेर भूक,म्पले देशै ढलेको थियो। त्यसमाथि बारपाकपछि अर्को केन्द्र बिन्दु थियो सिन्धुपलाञ्चोक र दोलखा। भीमेश्वर–३ मा रहेको उनको घर माटोमै मिलेको थियो। कसोकसो परिवार र आफू जोगिएको उनले बताएका थिए। भूकम्प छलेर टहराको बासमा आमा, श्रीमती र छोरीको अभिभावकत्व निभाउँदै उनी पत्रकारितामा सक्रिय थिए। मनै थिलथिलो बनाएको भूकम्पले पारिवारिक व्यवस्थापनको चुनौतीका बीचमा दिनभर समाचारको खेतीमा जुट्थे उनी। उनको त्यही साहस देखेर आत्मबल दह्रो बनाउन हामीलाई समेत हौसला मिलेको थियो।

पत्रकारितामा समकालीन हामी अन्नपूर्ण पोस्ट्सँगको हाम्रो यात्रा पनि सँगसँगै जस्तो थियो। यसकारण पनि साथीभाइको नाता साइनो नजिकिएको हो। भूकम्पको कहरबारे उनले भनेका थिए, ‘भूकम्प त छलियो, घर पनि जसोतसो बनाइएला नि।’ उनले झन्डै तीन वर्ष लगाएर ढलेको घर उठाएका थिए, गत वर्ष मात्रै।सन्ततिका लागि समेत सुरक्षित आवास बनाएका उनी भने एक वर्ष पनि सँगै बस्न पाएनन्। मन छटपटियो। रवीन्द्र्र रेडियोकर्मीसमेत रहेकाले दोलखाकी रेडियो पत्रकार बुना घिमिरेलाई सोधें। बोल्न सक्दिन भन्ने जवाफ आयो। विमला बुढाथोकीको फोन उठेन। एसएमएस गरेँ।

पछि कुरा हुँदा रवीन्द्र्रका छिमेकी शम्भु गौतमको नम्बर पाएँ। उहाँसँग कुरा हुन सकेन। भावविह्वल अवस्थामा दोलाखा पत्रकार महासंघका अध्यक्ष दीपशंकर चौलागाईंसँग कुरा भयो। उनले भक्कानिँदै ‘जिल्लाको होनहार सहकर्मी भाइ गुमाएँ भन्दा मनै अमिलो भयो।’ उनले बताएअनुसार रवीन्द्र्रकी आमा बिरामी हुनुहुन्थ्यो। उहाँको उपचारको क्रममा रवीन्द्रकी श्रीमती पनि कोरोना पोजेटिभ हुनुभयो। परिवारका दुई सदस्य बिरामी, नाबालक छोरीहरूसहितको हेरचाहमा खटेका उनले जेठ ७गते अस्पताल गएर कोरोना जाँच गराएका थिए। नेगेटिभ देखिएपछि घर आए।

९ गते असहज भएपछि फेरि अस्पताल जान तयारी गर्दा दीपशंकरसँगै भएको सल्लाहअनुसार जाँच गराउँदा अवस्था गम्भीर रहेको बताएपछि हेलिकोप्टर झिकाएर काठमाडौं पठाइएको थियो। अन्नपूर्ण पोस्ट्ले तत्काल सिम्रिक एयरको हेलिकोप्टर पठाएर उद्धार गरेको थियो। काठमाडौंमा उपचाररत रहँदा साथीभाइसँग उनले सुधार हुँदैछ भन्ने खुसीको खबर पनि सुनाएका थिए। रवीन्द्र् चाँडै घर आउने आसमा आमा, श्रीमती र दुई छोरी बाटो हेरेर बसेका थिए। तर कोरोना संक्र,मणबाट थलिएकी आमा र श्रीमतीले उनको फेरि अनुहार देख्न पाएनन्।

समाजसेवा र पत्रकारितामा आर्थिक बिट उनको मुख्य थियो। आर्थिक पत्रकारितामा दक्खल राखेका उनी भ्रष्टाचार वि,रोधी अभियन्ता थिए। उनले आफ्ना परिवार कोरोना संक्र,मित भएर सेवा गरिरहनुपर्ने जटिल अवस्थामा हुँदा समेत जेठ ४ गते गौरी शंकर बिजिनेस ग्रुप जापानसँगको सहकार्यमा कोभिडका बिरामीका लागि अक्सिजन भर्न ८० हजार रुपैयाँ चरीकोट अस्पताललाई हस्तान्तरण गरेका थिए। यसबाट उनले परिवारलाई भन्दा समाजसेवामा महŒव दिएको प्रष्ट हुन्छ।

जीवनको अन्तिम क्षणसम्म समाजसेवा र पत्रकारितामा सक्रिय रवीन्द्र गौतमलाई गुमाउँदा सिंगो दोलखाको प्रेस जगत् र अन्नपूर्ण मिडिया नेटवर्कले मात्रै होइन, नेपाली पत्रकारिता जगतले नै एक होनहार युवा गुमाएको छ। राष्ट्रमा उनको अभाव सधैं खड्कनेछ। प्रिय रवीन्द्र्, ‘भूकम्प त छलियो, घर त बनिहाल्छ, पत्रकारितामा धर्म छाड्नु हुँदैन’ भन्ने साहसका साथ परिवार, समाजसेवा र पत्रकारितामा डटिरहँदै कोरोनालाई छल्न सकेनौं, अन्ततः हामीले सदासदाको लागि तिमीलाई गुमायौं। हार्दिक श्रद्धासुमन !(सम्झनाम रवीन्द्र गाैतम !अन्नपूर्ण पोस्टमा सहकर्मी शिवप्रसाद ढुंगानाले लेख्नु भएको छ ।)

Leave a Reply