देउवा निवासमा विपक्षी गठबन्धनका शीर्ष नेताको गोप्या छलफलमा

१६ जेठ,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता कृष्णबहादुर महरा र देव गुरूङ, नेकपा एमालेका नेता माधवकुमार नेपाल र भीम रावल, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवलगायत नेता छलफलमा जुटेका हुन् ।

स्रोतकाअनुसार आइतबार बिहान छलफल सुरू भएको हो । कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधव नेपाल पक्ष, जसपाको बाबुराम(उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाका १४९ सांसदले हस्ताक्षर गरेका थिए। तर सरकारको सिफारिसमा राष्ट्रपतिले गत शुक्रबार प्रतिनिधि सभा विघटन गरेपछि ५ दलका १४६ सांसद सर्वोच्चमा रिट लिएर गएका थिए।

उक्त रिटबारे आज पनि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ छ । विपक्षी गठबन्धन अब कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति तय गर्न देउवा निवासमा छलफलमा जुटेका हुन्। रातोपाटिमा लेखिएको छ ।

Leave a Reply