गणतन्त्रप्रति नकारात्मक भावना बढ्यो भन्दै रामकुमारी झाँक्रीले पोखिन आ!क्रोस

१५ जेठ,काठमाडौं-नेत्री रामकुमारी झाँक्रीले राष्ट्रपतिले कार्यकारीको रबर स्ट्याम्प भई संस्थाको मर्यादा कायम गर्न नसक्दा आज गणतन्त्रप्रति नकारात्मक भावना बढेको बताएकी छिन् । गणतन्त्र दिवसको अवसरमा शनिवार उनले ट्वीट गर्दै यस्तो बताएकी हुन् ।उनले भनेकी छन्,राष्ट्रपति संस्था संविधानको संरक्षक र कानूनको परिपालक हो ।

जसले संबिधान र कानूनको सिमा मिचेर कार्यकारीको रबर स्टाम्प भई संस्थाको मर्यादा कायम गर्न नसक्दा आज गणतन्त्र प्रति नै नकारात्मक भावना बढेको छ ।

उनले लोकतन्त्रमा व्यक्तिको विकल्प खोज्न समेत आह्वान गरेकी छन् । उनले भनेकी छन्,यो हामीले ल,डेर ल्याएको ब्यवस्था हो। लोकतन्त्रमा व्यक्तिको विकल्प खोजौँ, व्यवस्थाको होईन।

Leave a Reply