प्रधानमन्त्री ओलीले गरे कसैले न सोचेको घोषणा,अब जनताले फेर्लान त् खुशिको स्वास ?

१५ जेठ,काठमाडौं-तात्काली सरकार आलोचनामा डुबेको छ । देशमा फैलिएको कोरोनाको विषम परिस्थितिमा सत्ता र कुर्सिको लागि लुछाचुँडी भएको भन्दै न्चौतार्फी आलोचना खेपिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी कात्तिक र मंसिरमा तोकिएको मध्यावधि निर्वाचनअघि नै सबैलाई कोरोना भाइरस विरु,द्धको खोप उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शून्य अवस्थामा रहेको स्वास्थ्य प्रणालीमा सुधार गर्दै कोरोनाका अधिकांश बिरामीको निःशुल्क उपचार भइरहेको बताए ।

अकस्मात आएको कोरोनाबारे पूर्वतयारी नहुँदा चुनौती देखिएपनि रोकथाम र नियन्त्रणका काम भइरहेका प्रधानमन्त्री ओलीले बताएका छन् ।

Leave a Reply