लोकप्रिय गायिका कल्पना दाहालको आज जन्म दिन,स्वर्गिय दाईले समेत दिए शुभकामना

१४ जेठ,काठमाडौं- चर्चित लोकदोहोरि गायिका कल्पना दाहालको जन्म दिन,आज परेको शुभ जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना साथै तपाईको हरेक पाइलाहरुले सफलताको शिखर चुम्न सफल बनुन हार्दिक मङगलमय शुभकामना कल्पना दाहाल ।

चर्चित लोकदोहोरि गायिका कल्पना दाहाल पछिल्लो समय सामाजिक संजालमा चिनिएकी छिन् । उनले इन्द्रेणी कार्यक्रममा रमेश प्रशाईसंग गाएको दोहोरिबाट उनि धेरै चिनिएकी हुन् । त्यसपछि कल्पना दाहालको स्वर सबैले मन पराउने भएको हुनाले उनि सबैको प्यारी भएकी छिन् । पछिल्लो समयमा कल्पना दाहालले धेरै गीतहरु निकालेकी छिन् भने धेरै गीतहरुमा आवाज पनि दिएकि छिन् । आज जन्म दिनको अवसर पारे लाइभ दोहोरि गायिका कल्पना दाहालले सम्पुर्ण दर्शक,श्रोता,साथ सपोटर,ईन्द्रेणी परिवार,अग्रज कलाकार,आमाबुवा लगायत सबैलाई समेटेर सामाजिक संजालमा आमाबुवा सहितको फोटो राखेर स्टाटस लेख्न सम्म भ्याएकी छन् – जस्ताको त्यस्तै :

“आज मेरो सुभजन्म दिन रैछ हृदय देखि नै मेरा भगवान भनेकै मेरा जन्मदाता मेरो प्राण भन्दा प्यारा आमा बुवा हुनुहुन्छ उहाँहरुले नै मलाई यो उज्यालो संसार मा पाईला टेकाउँनु भयो उहाँहरुले नै संसार देखाउँनु भयो ।धेरै धेरै मायाँ र सम्मान गर्दछु । म हजुर हरुको गुनगान गाएर त सक्दिन होला तर पनि अर्को जुनि पनि म हजुरहरुको छोरी हैन हजुर हरुकै साथमा रहेर बाँचुन्जेल सेवा गर्ने सुख दुख भोक निद्रा पीडा दुख बुझ्ने छोरा भएर जन्मन पाउँ हजुर हरुकै जीवन भरिको साहारा हुँन पाउँ सेवक बन्न पाउँ जुन अहिले बनिरहेकी छु । म बाँचुन्जेली तपाईहरु को आखाँमा आँसु देख्न नपरोस ।

थाहाछ मलाई तपाईंहरुले पटक पटक शोक र रोग बोकेर बाँच्नु भाकोछ कति पीडा लाई दबाएर आँशुको तालमा जिन्दगी कटाईरहनु भाकोछ । भन्छन नि पिडामा सान्त्वना दिन सहज हुन्छ भोग्ने लाई गारो हुन्छ । हजुरहरुलाई जति पीडा परेको छ त्यो भन्दा बढी पीडा मलाई छ किनकी हर जिम्बेवारीको बहन मैले गर्नु परेको छ एउटि छोरी भएर पनि । आज राती सपनिमा मेरो स्वर्गीय दादा आएर मलाई सुभजन्म दिनको धेरै धेरै सुभकामना दिनु भयो जुन सपना बिहानीपखको रैछ मैले सोचे साचिकै होला भनेर कति खुशी व्यक्त गरे ..तर झल्याँस्स ब्युझिदा बिहानको 3:52 भएको रहेछ कारण मलाई धेरै मायाँ गर्नु हुँन्थ्यो रत स्वर्गमा हुँदा पनि आफ्नो प्यारी बहिनिको जन्म दिन सम्झिएर मेरो सपनीमा आउँनु भयोत । ..

हरेक जन्म दिनमा मैले आफुले भुले पनि जन्म दिनको करोडौं करोड सुभकामना छ बहिनी कल्पना भनेर जन्म दिनको बिहानै मलाई भन्नू हुँन्थ्यो के गरम दादा सोचेकी थिन तपाईं बिनाको मेरो जन्म दिन पनि आउला भनेर…म जाँहा छु जे छु तपाई र बुवा आमाको आशिर्वाद र मायाँ साथ सपोर्टले छु । तपाईं को अभावले देश भरिका दाजु भाईले दिदी बहिनी को मायाँ दिनु भएको छ ।भगवान जस्तो दुख सुख बुझ्ने आदरणीय कृष्ण कंडेल दाई अनि ईन्द्रेणी परिवार को साथ पाएकी छु जुन अहिले सबैको मायाँ र साथ पाईरहेकी छु ।

तर पनि तपाईको याद मेटाउँन गाह्रो भैईरहेको छ दादा .. आज मेरो सुभजन्म दिनमा अझै मेरो उन्नती प्रगती खुशी सुखको लागि सबै मेरा आफन्त साथिभाई सुभचिन्तक हरुको आशीर्वाद पाउँ 💕

Leave a Reply