कमेडियन आदर्श मिश्र पि,डामा,अस्पताल कै गुण्डागर्दीका कारण गुमाए बुवा

१३ जेठ,काठमाडौं-चर्चित युवा कमेडियन आदर्श मिश्रा यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । बुबा विनोद मिश्राको निधन भएपछि कमेडियन आदर्श मिश्राले आफ्नो युटुब च्यानलमार्फत् एक भिडियो सार्वजनिक गर्दै अस्पतालको गुण्डाग,र्दीका कारण बुवाले गुमाएको बताएका छन् । उनले वीरगन्जको नेसनल मेडिकल कलेज र नारायणी सरकारी अस्पतालको लापर,बाहीले बुबाको ज्यान गएको आरोप लगाएका छन् ।‘बाबा हुनुहुन्न अब । अनि मेरो बाबाको अवस्था यस्तो हुनुको पुरै जिम्मेवार म नेसनल मेडिकल कलेज(एनएमसी)र नारायणी सरकारी अस्पताललाई मान्छु ।

किनभने बाबालाई दुई हप्ताअघि डायलसिसका लागि लैजाँदा एसपीओ टु(अक्सिजन स्याचुरेसन)९० छ, तपाईंको डायलसिस यहाँ हुँदैन भनेर अस्पतालबाट निकालिदिएको हो,’ उनले भनेका छन्, ‘चार वर्ष मेरो बाबाले एनएमसीमा डायलाइसिस गराउनुभएको हो । डायलसिसबापत ३५ सय सरकारबाटै तिनीहरुले उठाएको हो । नेपालसमचारपत्रमा खबर छ । कमाउने बेला तिमीहरूले कमाउने रु बिरामीलाई गाह्रो भएको बेला धपाइदिने रु त्यहाँ मेसिन र डायलुजर केही पनि काम लाग्दा छैनन् ।’

आदर्शले बुबाको नि,धन भएपछि आफूले आमालाई झु,टो बोलेको समेत बताएका छन् । ‘उनले भनेका छन्, ममी यहाँ भेन्टिलेटर खाली छैन, नारायणी अस्पतालमा भेन्टिलेटरको व्यवस्था भएको छ, हामी त्यहाँ जान्छौं, बाबाको उपचार त्यहाँ हुन्छ’ भन्यौं । बाबाको ‘बडी’ प्याक गरिसकिएको थियो । एम्बुलेन्समा हालिसकेको थियो । आफ्नो बुढा गुमाएकी एक महिला मेरी आमालाई ‘तेरो बुढाको नारायणी अस्पतालमा उपचार हुन्छ’ भनेर सिधै श्मशान घा,टमा लिएर गएँ ।

कति पाप छ मेरो टाउकोमा । चर्चित कमेडियन मिश्राका बुबाको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा निध,न भएको थियो । उनले काजकिरिया सकिएपछि आफू र बुबामाथि भएको अन्यायविरु,द्ध ल,ड्ने पनि बताएका छन् ।

Leave a Reply