कोरोनाले बुटवलमा एकै परिवारका ३ जनाको मृ,त्यु,बुहारीको उपचार हुदैँ

१३ जेठ,काठमाडौं-कोरोनाले बुटवलमा साताभित्र एकै परिवारका तीन जनाको मृ,त्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १० कालिका नगरमा आमा(बुवा र छोराको सात दिनको फरकमा मृ,त्यु भएको वडाध्यक्ष पदम थापाले बताए । उक्त परिवारमा अर्का एक सदस्य पनि संक्रमित छिन् भने ६ वर्षीय नाती हालै संक्र,मणमुक्त छन् । वैशाख अन्तिममा आमा र छोरामा कोरोना देखिएको थियो। त्यसपछि बाबु र बुहारीको स्वाब परीक्षण गर्दा उनीहरूमा पनि कोरोना देखिएको थियो।

कोरोना संक्रमण भएका बाबुछोराको भने भैरहवा मेडिकल कलेजमा उपचार गरिएको थियो । आमाको भने स्वास्थ्यमा धेरै समस्या नदेखिएकोले अस्पताल लगिएको थिएन। उनको गत जेठ ५ मा मृ,त्यु भएको थियो । बाबु र ३९ वर्षीय छोराको पनि त्यसको दुई दिनमा मृ,त्यु भयो। ६९ वर्षीय बाबु र ३९ वर्षीय छोराको मृ,त्यु भएको हो । ‘आमाको मृ,त्युबारे बुहारीलाई जानकारी दिए पनि बाबु र छोराको मृ,त्युबारे खबर दिइएको छैन,’उनले भने।

बुहारीलाई संक्र,मण देखिएको र उक्त घट,नाबारे जानकारी नहोस् भनेर भिन्नै अस्पतालमा सारिएको वडाध्यक्ष बताउँछन्। उनलाई बुटवल ११ देवीनगरको एन्फा आइसोलेसनमा राखिएको छ। ६ वर्षका नाती भने हजुरवुवा र फुपूसँग घरमा छन्। वडाध्यक्ष थापाका अनुसार आमा र छोराको श,व नेपाली सेनाले अ,न्त्येष्टी गरिसकेको छ भने बाबुको श,व भने अन्तिम संस्कारका लागि तयारी गरिएको छ । कोरोनाले बुटवलमा १ सय ३० जना बढीको मृ,त्यु भइसकेको छ। १० हजार ८० भन्दा बढी संक्रमित छन्।

Leave a Reply