रतिमाया खड्का र मोहन केसिको स्वरमा सारा नेपालि रुवाउने गित”नौनी जस्तो मेरो मन”सार्वजनिक(भिडियो)

काठमाडौं-नेपाली लोक गित संगितको क्षेत्र तथा लाईभ दोहोरीको क्षेत्रमा एउटा अतुलनिय योगदान दिने मध्य एउटा नाम हो रति खड्का । पछिल्लो समय आमा छोरी उपनामले चिनिएकी खड्का यतिबेला सबैका सामु लोकप्रिय बनेकी छन् । रति खड्काको साथमा छोरी रिया खड्काको पनि साथ् रहेको छ । पछिल्लो समय लाईभ दोहोरीको त् कुरै छोडौ रेकर्ड गरिएका म्युजिक भिडियो पनि बजारमा एक पछी अर्को बजारमा आएका छन् ।

यसै सन्दर्भमा बि.बि.अनुरागिको संगित तथा संगीत एरेंजमा रतिमाया खड्का र बि.बि.अनुरागिको सयुक्त शब्दमा सृजनामा रतिमाया खड्का र मोहन के.सी.को स्वरमा कारुणिक गित”नौनी जस्तो मेरो मन”बोलको गित सार्वजनिक भएको छ ।

कोरोनाको माहामारीसंगै स्टुडियो भित्र नै सुटिङ गरिएको यो कभर गीतको निर्देशन तथा परिकल्पना बिबि अनुरागीको रहेको छ । मिराज अर्यालले छायांकन तथा सम्पादन गर्नु भएको छ भने म्युजिक भिडियोमा रेसम निर्दोष,रिया खड्का,कमल कुमार विश्वकर्मा,
करन परियार,सुवास विश्वकर्मा,निशान्त बिश्वकर्मा लगायतका कलाकार देखिएका छन् । भिडियो भने बि.बि.अनुरागिको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

Leave a Reply