जमिनमा पो प्रतिबन्ध, आकाश त खुलै छ नि !यसरि गरे आकाश मै बिहे सम्पन्न

११ जेठ,काठमाडौं-भारतमा कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि नेपालमा पनि त्यस्तो हुनसक्ने जोखिमकाबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिड हुने काम नगर्न र जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेसंगै यतिबेला देश भरि लक्डाउन सुरु भएको छ। मन्त्रालयले देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भिडभाड हुने व्यवसाय र काम नगर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न तथा साबुन पानीले हात धुन विज्ञप्तिमार्फत् अनुरोध गरेको छ ।

भारतमा पनि यतिबेला लगडाउन सुरु भएको छ ।यसै सन्दर्भमा यतिबेला भारतमा कोरोनाको विषम परिस्थितिमा बिमान भित्र बिहे गरेको ट्युईटरमा निकै निया भाईरल बनेको छ । एयरलाइन्सका प्रवक्ताले इन्डियन एक्सप्रेसलाई भने कि बोइंग 7737 को यात्रा ट्राभल एजेन्टले मदुरैदेखि बंगलोरसम्मको विवाहको लागि भाडामा लिएका थिए ।

सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा हवाईजहाजमा ती जोडी र निम्तालुहरूको भिड देखिन्छ। उडान सुरु भएको मानिएको तमिलनाडु राज्यले हालै कडा प्रतिबन्धहरू लगाउँदै विवाहमा ५० जनाभन्दा बढी सहभागी हुन नपाउने नियम लागु गरेको छ। द टाइम्स अफ इन्डिया दैनिकका अनुसार भारतीय उड्डयन निकायले स्पाइसजेटको सो उडानका कर्मचारीहरूलाई निलम्बन गरेर अनुसन्धान सुरु गरेको छ । भारतमा अहिले कोरोनाभाइरसको घातक दोस्रो लहर चलिरहेको छ। कोभिडका कारण त्यहाँ अहिलेसम्म कम्तीमा तीन लाखभन्दा बढी मानिसले ज्यान गुमाएका छन्।

वायुसेवाका प्रवक्ताले इन्डियन एक्सप्रेस दैनिकलाई बोइङ ७३७ मदुराईदेखि बेङ्गलोरसम्मका लागि विवाहपछिको यात्राको लागि भनेर एक ट्राभल एजेन्टले भाडामा लिएका थिए। ती प्रवक्ताले सेवाग्राहीलाई पालना गर्नुपर्ने कोभिड नियमका बारेमा स्पष्टसँग भनिएको र जहाजमा हुँदा कुनै पनि गतिविधि गर्ने अनुमति अस्वीकार गरिएको बताएका छन् । बिबिसी

“Rakesh-Dakshina from Madurai, who rented a plane for two hours and got married in the wedding sky. Family members who flew from Madurai to Bangalore after getting married by SpiceJet flight from Bangalore to Madurai. #COVID19India #lockdown @TV9Telugu #weddingrestrictions”

Leave a Reply