प्रिन्सिपल भण्डारीको मृ,त्यु

११ जेठ,काठमाडौं-चितवनको भरतपुर स्थित सनराइज इङलिस स्कूलका प्रिन्सिपल रोशन कुमार भण्डारीको को’रोना संक्रमणका कारण मृ’त्यु भएको छ । उहाँको ५२ बर्षको उमेरमा आज ९सोमबार० विहान ३ बजे काठमाडौंको नि’दान हस्पिटलमा उपचारका क्रममा मृ’त्यु भएको हो । स्कूलका शिक्षक काँसिराम आचार्यका अनुसार उहाँ १६ दिनदेखि अस्पताल भर्ना हुनुभएको थियो ।

१७ दिन अघि भरतपुरबाट काठमाडौं जाँदा उहाँलाई सामान्य ज्व’रो आएको थियो । “यहाँबाट राम्रै जानुभएको थियो, सामान्य ज्व’रो आएपनि अन्य स’मस्या थिएन, तर अ’कस्मात मृ’त्यु भएको दुःख’द खबर आयो, उहाँले भन्नुभयो । उहाँको एक महिना अघि मात्रै दिदीको मृ’त्यु भएको थियो । भारतको कलकत्ता जाँदै गर्दा जहाजमा दिदीको मृ’त्यु भएको हो । दिदीको मृ’त्यु भएको चार दिनपछि आमाको पनि मृ’त्यु भयो ।

आमा भरतपुरमा छोरा भेट्न आएको समयमा यही मृ’त्यु भएको आचार्यले बताउनुभयो । आमा र दिदीकोे भने को’रोना रिपोर्ट नेगेटिभ आएको थियो । स्व।भण्डारी २ बर्षदेखि सनराइज स्कूलमा प्रिन्सिपलको रुपमा कार्यरत हुनुहुन्यो । पुख्यौली घर दोलखा भएका उहाँको परिवार काठमाडौंमा बस्दै आएको थियो । उहाँका श्रीमती र एक छोरा छन ।सिधाकुरा

Leave a Reply