गो’ली प्रहा,रबाट घा,इते माओवादी नेताको मृ,त्यु

११ जेठ,काठमाडौं। पाँच दिनअघि गो,ली प्रहारबाट गम्भीर घा,इते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निध,न भएको छ । अवस्था गम्भीर भएपछि हेलिकप्टरमा काठमाडौं पुर्याएको एक घण्टामा नै सोमबार राति पाण्डेको ज्या,न गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । पाण्डे र एक भारतीय नागरिकमाथि गत बुधबार राति तीन जनाको समूहले तौलिहवा–जितपुर सडकखण्डको सडवामा गो,ली प्र,हार गरेका थिए ।

पेट र कम्मरमा २ वटा गो ली लागेका पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि सोमबार राति ८ बजे हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो । अनलाइन खबरमा लेखिएको छ । प्रहरीले उनीहरुमाथि आक्र,मण गरेको आरो,पमा २ जनालाई पक्रा,उ गरिसकेको छ ।

पक्रा,उ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नं। १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली छन् । पाखुरामा एउटा गो,ली लागेका भारतीय नागरिकको अवस्था भने सामान्य छ । उनी उपचारपछि घर फर्केका छन् । व्यक्तिगत रिसिइबीका कारण पाण्डेमाथि गो,ली चलाएको अभियुक्तले बयान दिएको डीएसपी भण्डारीले बताए ।

Leave a Reply