छोराछोरी बेखबर पछि खुल्ला सडकमै बास भएको बुवाको भयो उद्दार

१० जेठ,काठमाडौं-छोराछोरीले बृद्ध बुबाको कुनै वास्ता नगरेपछि त्रिपाल भित्र बस्न बाध्य भएका मनि प्रसाद राई बुबालाई आज मानब सेवा आश्रमले उद्वार गरेको छ। यस आश्रममा जान पाउदा मनि प्रसाद धेरै नै खुशी भएका छन्। बुढेसकालमा आफ्नो साहारा कोहि नभएको र आफुले पनि केहि गर्न नसक्ने भएको हुनाले यस आश्रममा जान पाउदा धेरै नै खुशी छन्। श्रीमतीको नि’धनपछि उनको सहारा भनेको चुरोट थियो भने अहिले आश्रममा जान पाउदा उद्वार गर्ने सबैलाई धन्यबाद पनि भनेका छन्।

पुर्ख्येउलि घर खोटांग भएका मनि प्रसाद राई अहिले बुढेस कालमा एक्लै भएका छन्। घरमा भएका सन्तानहरुले नहेरे पछि उनि अहिले रोडमा बसेका छन्। ३ छोरि १ छोरा भएर पनि यी बृद्ध बुबा सन्तान बिहिन भएका छन्। अरुको घर बनाउने , घर बसाउने यी बुबा अहिले आफु नै घर बार बिहिन भएका छन्। धेरै मानिसहरुको घर बनाएर बसालेका यी बुबा अहिले आफु सानो झुप्रो घर मा बसेका छन्।

उनको साथमा उनकी श्रीमती थिइन्। जसो तसो बुढाबुढीले मागेर भएपनि आफ्नो जिबन चलाएका थिए। श्रीमती को मृ’त्यु भएको पनि जम्मा १५ दिन भएको रहेछ। मेचीकाली खबरले तयार पारेको हेर्नुहोस यो भिडियो रिपोर्ट :

Leave a Reply