अस्पतालले उपचार गर्न नमान्दा ११ वर्षीया एलिनाको मृ,त्यु

१० जेठ,काठमाडौं-१३ चारआलीकी ११ वर्षीया बालिका एलिना राजवंशी बिहीबार राति एक्कासि बिरामी परिन् । बान्ता र झाडापखालाले एलिनालाई सतायो । राति आफन्तले नजिकैको मेडिकल पुर्‍याए । मेडिकलले बालिकालाई अक्सिजन चाहिने भन्दै ठूलो अस्पताल लैजान भन्यो । आफन्त एम्बुलेन्स खोज्नतर्फ लागे । मध्यरातमा एम्बुलेन्स पाइएन । राति २ बजे अटोमा एलिनालाई बिर्तामोडस्थित अञ्जली अस्पताल पुर्‍याइयो । तर, अस्पतालले लिन मानेन ।

‘बच्चाको अस्पताल भनेर अञ्जली अस्पताल लग्यौँ । नर्सले हेरेजस्तो गरिन् । तर, डाक्टर छैन अर्कै अस्पताल लानु भनेर भनिन्,’ बालिकाका हजुरबुबा भीम राजवंशी भन्छन्, ‘यति धेरै अस्पताल लाँदा पनि कसैले हेरेन । नातिनीले अस्पताल चहार्दाचहार्दै ज्या,न गुमाउनुपर्‍यो ।’अञ्जली अस्पतालले उपचार गर्न नमानेपछि झापामा नाम चलेको अर्को अस्पताल बिर्ता सिटी लगियो । त्यहाँ पनि उपचार नगरी बालिकालाई अन्तै लैजानु भनेको भीम बताउँछन् । त्यसपछि उनीहरूले बालिकालाई कञ्चनजंगा अस्पताल बिर्तामोड लगे । त्यहाँ पुग्दा बालिकाको मृ,त्यु भएको भन्दै स्वास्थ्यकर्मीले घर फर्काइदिएका थिए ।

‘उपचार पाएको भए त नातिनी बाँच्थिहोला । तर, अकालमै ज्या,न गयो,’ भीमले नयाँ पत्रिकासँग भने, ‘हामी त बिर्तामोडदेखि नजिकै थियौँ । तैपनि उपचार पाइएन । टाढाको भए के हुन्थ्यो होला ?’समयमै उपचार पाएको भए बालिका एलिनाको न्यान बच्न सक्ने मेचीनगर– १३ का वडाध्यक्ष कृष्ण सिग्देलले बताए । ‘नानीको अक्सिजन कम भएको रहेछ । समयमा अक्सिजन लगाउन पाएको भए जीवन बाँच्ने थियो,’ उनी भन्छन्, ‘अस्पताल संवेदनशील भएनन् । त्यही कारण नानीले ज्यान गुमाउनुपर्‍यो ।’

Leave a Reply