राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन

९ जेठ,काठमाडौं-नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसंघ)ले प्रतिनिधिसभा विघटनको विरोधमा कलंकीमा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा असंवैधानिक रुपमा राष्ट्रपति भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरेपछि काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष, जनमोर्चा लगायत दल र तिनका भ्रातृ संघ संगठनहरु विरो,धमा उत्रिएका छन् ।

त्यही विरोधअन्तगर्त नेविसंघकी महामन्त्री उर्मिला थपलियाको नेतृत्वमा मसाल जुलुस र पुत्ला दहन गरिएको हो । प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरी पुत्ला खोसेर तितरबितर पारेको थियो ।

Leave a Reply