निको भएर घर फर्किइन् बागलुङकी १९ वर्षीया अन्सु सापकोटा

बागलुङ – बागलुङकी १९ वर्षीया युवती अन्सु सापकोटा छैटौं पटकको परीक्षणमा निको भएर अस्पतालबाट डिस्चार्ज भएकी छन्। धौलागिरि अञ्‍चल अस्पतालको आइसोलेसनमा उ’पचाररत नेपालकी पाँचौं सं’क्रमि’त १९ वर्षीया युवतीको छैटौं पटकको थ्रोड स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो।

उनको उ’पचारका क्रममा चौथो पटकसम्म रिपोर्ट पोजेटिभ आएको थियो। योसँगै नेपालका कोरोना निको हुने बि’रामीको संख्या ११ पुगेको छ। उनको एक महिनादेखि अस्पतालको आइसोलेसन कक्षमा उ’पचाररत भइरहेको थियो। बागलुङ नगरपालिका-४ कुँडुलेकी ती युवतीको पाँचौ र छैठौं पटकको स्वाब रिपोर्ट नेगेटिभ आएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिइन्। उनी बेज्लियमबाट दोहा हुँदै चैत ४ गते कतार एयरवेजको उडान नम्बर ६५२ को जहाजबाट काठमाडौं आएकी थिइन्।

फ्रान्सबाट आएकी काठमाडौंकी प्रशिद्धी श्रेष्ठसँगै उनी आएकी थिइन्। श्रेष्ठमा सं’क्रम’ण देखिए पछि उनको स्वास्थ्य परीक्षण गर्दा चैत्र १५ गते पनि सं’क्रम’ण पुष्टि भएको थियो। प्रशिद्धि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २७ दिन लामो उप’चारपछि घर फर्किसकेकी छन्। धौलागिरी अञ्‍चल अस्पतालले उनलाई शुक्रबार राति १० बजे डिस्चार्ज गरेर घर पठाएको हो।

यसअघि कोभिड-१९ को सं’क्रम’ण भएर अस्पता भर्ना भएकी बागलुङकी ६५ वर्षीया महिला वैशाख ६ मा डिस्चार्ज भएकी थिइन्। उनी नेपालमा कोरोना सं’क्रमि’त छैटौं बि’रामी थिइन्। धौलागिरि अञ्‍चल अस्पतालको आइसोलेसनमा उ’पचाररत ६५ वर्षीया वृद्धाको चौथोपटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएपछि उनलाई अस्पतालले शनिबार डिस्चार्ज गरेको थियो। धौलागिरि अञ्‍चल अस्पतालका अनुसार कोरोना सं’क्रम’ण निको भए पनि उनले केही दिन होम क्‍वारेन्टाइनमा बस्‍नुपर्ने छ।

Leave a Reply