पापी श्रीमान् र ससुराको घिनलाग्दो हर्कत,२२ वर्षकी श्रीमतीको ह’त्या पछि खाल्डोमा पुरेको खुलासा

९ जेठ,काठमाडौं-काभ्रे जिल्ला चौंरीदेउराली गाउँपालिका वडा नं। ९ गोठपानीमा श्रीमतीको ह’त्या गरेर घर नजिकै आफ्नै मकै बारीमा खाडल खनी गाड्ने श्रीमान् प’क्राउ परेको छ । गत ज्येष्ठ १ गतेका दिन सोही वडाका सोनाम लामाले आफ्नी २२ वर्षकी श्रीमती समिना गुरुङको ह’त्या गरेर खाल्डोमा पुरेको आरो,पमा बुधवार प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय, काभ्रेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी हरि खतिवडाका अनुसार सोनामको बुबा तथा मृ’तक सम्मिनाको ससुरा ६६ वर्षीय चन्द्रबज्र लामा समेत ह’त्या आरोपमा प’क्राउ परेका छन् । प्र’हरी अनुसन्धान अनुसार २०७६ सालमा सालमा प्रेम विवाह गरी सोनामसँग सुमिना गाउँबाट एकाएक हराएपछि गाउँका मानिसहरूले समेत थाहा पाई निज सुमिनाको खोजतलास गरेको थियो ।

सोही क्रममा निजको माइती घरमा समेत हराएको खबर पाई खोज्न आउँदा निज सुमिनालाई निजको श्रीमानले मारी आफ्नै मकै बारीमा खाल्डो खनी गाडेको अवस्थामा फे’ला परेको प्र’हरीले जनाएको छ । आफ्नो चेली हराएपछि प्र’हरी कार्यालयमा खबर गरेको थियो । जिल्ला प्र’हरी कार्यालयबाट घ’टनास्थलमा अनुसन्धान अधिकृत समेतको टोली खटी गई निज सोनाम लामालाई सोधपुछ गरी मृ’तक सुमिना गुरुङको ला’स खाल्डो खनी गा’डिएको भनी देखाएको मकै बारीमा स्थानीय र प्र’हरी समेतले खोतली उत्खनन गरेको थियो ।

मृ’तक सुमिनाको लास खाल्डो खनी गा’डिएको भनिएकै स्थानमा भेट्टाइएको डिएसपी खतिवडाले जानकारी दिएका छन् । सुमिनाको ससुरा र श्रीमानलाई कर्तव्य ज्यान मु’द्दा शीर्षकमा आवश्यक अनुसन्धान भइरहेको खतिवडाले जानकारी दिएका छन् । गोर्खा डेलिमा लेखिएको छ ।

Leave a Reply