निषेधाज्ञाका बेला दोब्बर महंगोमा सामान बिक्री गर्ने व्यापारी पक्रा,उ

८ जेठ,काठमाडौं-कोरोना महामारी र निषेधाज्ञाका बेला पसल खोलेर बढी मुल्यमा सामान बेचेको आरोपमा प्रहरीले वीरगन्जबाट एकजना व्यापारीलाई पक्राउ गरेको छ । वीरगन्ज १० आदर्शनगरस्थित नगरसभागृह छेउको न्यू पप्पु किराना पसलका सञ्चालक ५० वर्षीय लक्ष्मण पोद्दारलाई प्रहरीले शुक्रबार पक्रा,उ गरेको हो ।

पाउरोटी बनाउन प्रयोग गरिने बेकिङ पाउण्डर ५०० ग्रामको बजार मुल्य १०५ रुपैयाँ पर्छ । तर पोद्दारले उक्त सामान ३ सय ८० रुपैयाँमा बिक्री गरेकाले प्रहरीले उनलाई शुक्रबार पसलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । कोरोना नियन्त्रणका कारण निषेधाज्ञा लगाइएको बेला बजार बन्द रहेको र त्यहि मौका छोपेर पोद्दारले बढी मुल्यामा सामान बिक्री गरी कालोबजारी गरेको गुनासो प्रहरी कार्यायमा पुगेको थियो । शुक्रबार खटिएको प्रहरी टोलीले न्यु पप्पु किराना पसलमा पुगेर अनुगमन गरेको थियो । अन्नपूर्ण पोस्टमा लेखिएको छ ।

त्यस क्रममा ५०० ग्रामको बेकिङ पाउडरको बट्टामा उत्पादकले १०५ रुपैयाँ अंकित गरेकोमा त्यसमा पोद्दारले कालो पोतेर ३ सय ८० लेखेको भेटिएपछि उनलाई प,क्राउ गरिएको प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । पसलबाट १२ पिस बेकिङ पाउडरको डब्बाका साथै पोद्दारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको उनले जानकारी दिए ।

Leave a Reply