माओवादी केन्द्रका नेतामाथि यस कारण चलाएका रहेछन गो,लि

७ जेठ,काठमाडौं । नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेसहित दुईजनामाथि गो,ली प्र,हार गरेको आरोपमा दुई जना प,क्राउ परेका छन् । पक्रा,उ पर्नेहरुमा कपिलवस्तु नगरपालिका वडा नं। १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली रहेका छन् । बुधबार राति तीन जनाको समूहमा एउटा मोटरसाइकलमा आएका उनीहरुले माओवादी केन्द्रका जिल्ला सदस्य ३५ वर्षका दीपक पाण्डेय र भारतीय नागरिक २६ वर्षीय इयाज अख्तरमाथि गो,ली प्र,हार गरेका प्रहरीको दावी छ । पक्रा,उ परेका दुवै जनाले आफूहरुले गो,ली चलाएको प्रहरीसामु स्वीकार गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

बुधबार राति कपिलवस्तु नगरपालिका– ६ स्थित थुमुवा तौलिहवा सडक खण्डमा मोटरसाइकलमा आएका ३ जनाको समूहले गो,ली प्रहार गरेका थिए । घट,नामा संलग्न एक जना पक्राउ पर्न बाँकी रहेको प्रहरीले जनाएको छ । पेट र कम्मरमा २ वटा गो,ली लागेका पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पाण्डेको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अनलाइन खबरमा लेखिएको छ ।

एउटा गो,ली लागेका भारतीय नागरिकको अवस्था भने सामान्य रहेको र उनी उपचारपछि घर फर्केको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए । व्यक्तिगत रिसइबीका कारण पाण्डेमाथि गो,ली चलाएको अभियुक्तले बयान दिएको डीएसपी भण्डारीले बताए ।

Leave a Reply