माओवादी केन्द्रका नेतामाथि गो,ली प्रहार,यस्तो छ अवस्था

६ जेठ,काठमाडौं । नेकपा(माओवादी केन्द्र)कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्र,हार भएको छ । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि बुधबार राति तीनजनाको समूहले गोली प्र,हार गरेको हो । कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गो,ली लागेको छ । घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

पाण्डेको शरीरबाट एउटा गो,ली निकालिएको र अर्को निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए । पाण्डेको अवस्था मध्यम रहेको उनले बताए । निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका तीनजनाको समूहले पाण्डेमाथि गो,ली चलाएको डीएसपी भण्डारीले बताए । अनलाइन खबरमा लेखिएको छ ।

गो,ली लागेका पाण्डे नदीजन्य पदार्थको ठेक्कापट्टाको काम समेत गर्ने गरेकाले व्यावसायिक लेनदेनका कारण घट,ना भएको हुनसक्ने प्रहरीले बताएको छ ।

Leave a Reply