छैनन यो धर्तीमा,हतियार बिनाको युद्ध लड्दै डाक्टर,सम्बन्धित निकायको ध्यान जावस

५ जेठ, काठमाडौं ।‘गतिलो पीपीई कता पाइन्छ ? हातले बनाएको होइन है । ज्या,न त जोगाउनै पर्‍यो । सरकारले नसुने पनि ।’ सामाजिक सञ्जालमा यो स्टाटस लेख्ने व्यक्ति थिए सिराहाको लहान घर भएका अर्थोपेडिक विशेषज्ञ डा। मुकेश चौधरी । उनले वैशाख २ गते लेखेको यो स्टाटसले उनी गुणस्तरीय पीपीईबिना संक्रमितको उपचार गर्न बाध्य थिए भन्ने संकेत दिन्थ्यो । हति,यारविना युद्ध लड्न गएका सिपाहीजस्तै भएका उनले उक्त स्टाटसमार्फत सम्भावित खत,रातर्फ संकेत गरेका हुन सक्छन् ।

आफू बच्न सकेमात्रै संक्रमितलाई बचाउन सकिने उनको त्यो होसियारी धेरै दिन टिक्न सकेन । अन्ततः उनी संक्रमितको उपचार गर्दा गर्दै आफैं बिरामी हुन पुगे । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि वैशाख २५ गतेदेखि उनी होम आइसोलेसनमा बसेका थिए । तर सोमबार साँझ एक्कासी सास फेर्न गाह्रो भएपछि थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याइएको थियो । उनको त्यहीँ मृ,त्यु भयो ।

लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवका अनुसार डा। चौधरीको मृ,त्युपछि एन्टिजेन परीक्षण गरिएको थियो । रिपोर्ट भने नेगेटिभ आएको छ । यादवका अनुसार आफैं चिकित्सक भएका कारण उनले घरमै बसेर औषधि सेवन गरिरहेका थिए । तर उनले कोरोना परीक्षण गराएका थिएनन् । चीनमा एमबीबीएस पढेका डा। चौधरी लहान नगरपालिका–१५ ढोढनाका स्थायी बासिन्दा हुन् । ३५ बर्षीय चिकित्सक चौधरीले गण्डकी मेडिकल कलेज, कन्काई हस्पिटल प्रालि, नोबेल मेडिकल कलेज, विराट नर्सिङ होममा काम गरिसकेका थिए । पछिल्लो समय उनले लहान पोलिक्लिनिक तथा डाइग्नोष्टिक सेन्टर सञ्चालन गरेका थिए ।

हाडजोर्नी विशेषज्ञ भएपनि उनी कोरोना महामारीको समयमा कोभिड(१९ का बिरामीको उपचारमा संलग्न थिए । एक चिकित्सकका अनुसार पछिल्लो समय उनले सरकारी र निजी अस्पतालमा खटिएर कोभिडका बिरामीहरुको उपचार गर्दै आइरहेका थिए । नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले महामारीको अग्रमोर्चामा खटिने चिकित्सकले अतिआवश्यकीय स्वास्थ्य सामग्री उपलब्ध गराऊ भन्ने अवस्था आउनु दुःखद् भएको बताए । अनलाइन खबरमा लेखिएको छ ।

‘अहिले देशभरका अस्पतालहरुमा बेड अभाव, अक्सिजन अभाव छ,’ उनले भने, ‘अभावै अभाव झेलेर चिकित्सकहरुले संक्रमितहरुको ज्या,न बचाइरहेका छन् । तर अतिआवश्यकीय मानिने स्वास्थ्य सामग्री नपाएर चिकित्सक मर्नुपर्ने अवस्था आउनु सरकारको चरम लाप,रबाही हो ।’ सीमित स्रोत साधनको भरमा कोरोना महामारीविरुद्ध लड्नु,पर्दा उनको मृ,त्यु भएको कार्की बताउँछन् ।
‘तीव्र रुपमा महामारी बढी रहेको छ । अहिले अस्पतालमा बेड अभाव भइरहेको छ । अक्सिजनको अभाव छ,’ उनले भने, ‘भोलि कोरोनासँग अग्रमोर्चामा रहेर लड्ने स्वास्थ्यकर्मी जनशक्तिको अभाव हुन आउँछ । चिकित्सकलगायतका स्वास्थ्यकर्मीकै अभाव भएपछि कोरोनासँग कसरी लड्ने ? डा। चौधरीको मृ,त्युबाट सरकारले पाठ सिकेर चिकित्सकहरुको मनोबल उच्च राख्नका लागि सबै सुरक्षाको जिम्मा सरकारले लिनुपर्ने उनले बताए ।

Leave a Reply