उपमेयरको नि,धन

४ जेठ,काठमाडौं । सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको निधनको शोकमा सप्तरीका सबै स्थानीय तह बुधबार बन्द गरिने भएको छ । उपमेयर चौधरीको निधन भएको शोकमा बुधबार जिल्लाभरिका सबै स्थानीय तहका शाखारउप शाखा र वडा कार्यालय समेत बन्द गरिने भएको हो । पालिका प्रमुखहरुको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जानकारी दिए ।

कोरोना संक्रमित सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको उपचारका क्रममा मंगलबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।

Leave a Reply