कोरोना संक्रमणबाट थप ८ जनाको मृ,त्‍यु

३ जेठ, काठमाडौँ । बाँकेका विभिन्‍न अस्पतालमा थप ८ जना कोरोना संक्रमितको मृत्‍,यु भएको छ । आइतबार दिउँसो ३स्४५ देखि सोमबार विहान ६ बजेसम्‍म यी संक्रमितहरुको निधन भएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृ,तकमध्‍ये ३ जना बर्दिया, २ जना बाँके र १र१ जना कञ्‍चनपुर, दाङ र सुर्खेतका छन् । यस्तै भेरी अस्पतालमा उपचाररत ठाकुरबाबा नगरपालिका(९ बर्दियाका २५ वर्षीय पुरुषको आइतबार ३स्४५ बजे, मधुबन नगरपालिका(९ बर्दियाकै ७० वर्षीया महिलाको सोमबार विहान २:३० बजे र बासगढी नगरपालिका(६ बर्दियाकै ८० वर्षीय पुरूषको सोमबार विहान ५ बजे मृत्‍,यु भएको छ ।

यस्तै भेरी अस्पताललमै उपचारको क्रममा नेपालगञ्‍ज उपमहानगरपालिका(६, बाँकेकी ४० वर्षीया महिलाको सोमबार विहान ५स्३० बजे र कोहलपुर नगरपालिका(९ बाँकेकै ४५ वर्षीया महिलाको सोमबार ६ बजे मृ,त्‍यु भएको छ । यस्तै भिमदत्त नगरपालिका(३ कञ्‍चनपुरकी ५५ वर्षीया महिलाको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारको क्रममा आइतबार दिउँसो ४ बजे मृत्‍यु भएको छ भने तुलसीपुर उपमहानगरपालिका १० दाङकी ३८ वर्षीया महिलाको भरी अस्पतालमा उपचारको क्रममा मध्यराति १२स् ३० बजे मृ,त्‍यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २३९ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका १९० जना कोरोना संक्रमतिको उपचारका क्रममा मृ,त्यु भएको छ ।

Leave a Reply