केपी ओली र माधव नेपालबाट धोका पाएपछि प्रचण्डले गरे यस्तो घोषणा

३ जेठ,काठमाडौं – तत्कालीन नेकपा एमालेसँग पार्टी एकीकरण गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सुरूको चरणमा विवाद भयो । आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति अनुसार ओलीले कुर्सी नछाडेपछि रिसाएका प्रचण्डले अध्यक्षबाटै धोका पाए । त्यसपछि लामो समय नेता माधवकुमार नेपालसँग मिलेर हिँडेका प्रचण्डले फेरि धोका पाए ।

ओलीलाई हटाउनै लागेका बेला नेता नेपाल सुटुक्क ओलीसँग मिल्न गएपछि प्रचण्डले धोका पाए । सबैतिर धोका पाएर एक्लिएका प्रचण्डले अब नयाँ अभियान सुरू गरेका छन् । जसमा माओवादी पार्टीलाई नै मजबुत बनाउन खोजिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी सञ्चालनका लागि देशभरका नेता कार्यकर्तासँग राय सुझाव मागेका छन् । प्रचण्डले सामाजिक सञ्जालमार्फत् पार्टी आन्दोलनको थप विकासका लागि कार्यकर्ता तथा आम नागरिकका तर्फबाट पनि राय–सुझाव मागेका छन् । मिडिया डबलीमा लेखिएको छ ।

प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी केन्द्रद्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपांग एवं शहीद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयाँ ढंगले अगाडि बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ । आफ्नो राय सल्लाह सुझाव पार्टीको इमेल ठेगानामा पठाउनुहुन अनुरोध छ ।’ माओवादीका कतिपय नेताहरूले पार्टीबाट छुट्टिएर गएका मोहन वैद्य, डा। बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतलाई पनि एकतामा ल्याउनुपर्ने आवाज उठाउन थालेका छन् ।

Leave a Reply